परिचय
सेरोफेरो अन्तरगत काठमाडौंदेखि पोखरासम्म जांदा बाटोमा पर्ने गन्तब्यहरुलाई उल्लेख गरिएको छ । तपाइ काठमाडौंदेखि पोखरा लाग्ने क्र्रममा विभिन्न खालका रमाइला क्रियाकलापहरुमा आफूलाई संलग्न गराउन सक्नु हुन्छ ।जस अन्तरगत .........
एक्सोटिक रिजोर्ट तथा वाटर किङ्गडम
यस क्रममा काठमाडौंदेखि कंलकीदेखि ६१ किलोमिटर पार गरेपछि नेपालकै पहिलो र हालसम्मकै एकमात्र पानीमा आधारित भएर खेल्ने खेलहरुको उद्यानमा गएर तपाई विभिन्न खेलहरु खेल्न सम्नु हुन्छ । गल्छीबाट थोरैमा अगाडि गएपछि त्रिशुली नदीको किनारमा रहेको घाटवेशी भन्ने ठांउमा रहेको छ वाटर किडडम ।
विदेशतिर प्रशस्तै पानी सम्बन्धी प्रशस्तै खेलहरु खेल्न सकिने उद्यानहरु वनाइएका हुन्छन् जहां छुट्टीका दिनहरुमा आफनो परिवार सहित गएर उक्त खेलमा रमाइ रहेका हुन्छन् ।तपाईलाई विदेशतिरकै पानी उद्यानका खेलहरुको मजा लिन सक्नु हुन्छ ,त्यो पनि धेरै कम मुल्यमा ।तपाईले २५० रुपैयामा यहां रहेका सम्पर्ूण्ा खेलहरुको मजा आफूले चाहेजति समय लगाएर लिन सकिन्छ ।
यहां हाल १० वटा विभिन्न प्रकारका जलकृडा खेलहरु खेल्न सकिन्छ ।यहाका खेलहरुमा विषेशगरि बच्चाहरु बढी रमाउने भएपनि युवायुवती देखि जेष्ठ नागरिकहरु समेतले पनि यहांका खेलहरुसंग रमाउन सक्नुहुन्छ । जस्तै कि प|mग पुल ,जसलाई नेपालीमा भ्यागुतो पोखरी भन्न सकिन्छ जहां पानीमा तैरिने प्लाष्टिकका ठूलो भ्यागुतो र कछुवा अनि गोहीको ढाडमा बसेर तपाई आरामले तैरिएर बस्न सक्नु हुन्छ ।
अर्को खेल हो रेन डान्स अर्थात वषर्ा नृत्य जहां एउटा गोलाकार डवलीमा तपाईको उचाई भन्दा माथिबाट गोलाकार वनावटका पाइपमा मसिनो फोहरँ छाडिन्छ जसबाट तपाईलाई वषर्ाको अनुभूति दिलाइदिन्छ र त्यसको साथमा मनपर्ने संगीतको तालमा आफूलाई नचाएर वषर्ा नृत्यको मजा लिन सक्नु हुन्छ ।
तपाईसंग पानी खेल खेल्ने विशेष कपडाहरु -स्वीम सुटहरु) छैनन् - धन्दा नमान्नुस् ।तपाईले त्यही नै थोरै शुल्क -२५ ३० रुपैयामा नै ) ती कपडाहरु उपलब्ध हुन्छन् ।जाने होइन उखरमाउलो गर्मीबाट बच्न र खेलको मजा लिन तपाई पनि एक्जोटिक रिजोर्ट तथा वाटर किडडममा ।
अर्को छ वल पुल जहां विशाल वललाई पानीमा तलमाथि गराइन्छ ।माथिबाट तल जाने क्रममा यसले पोखरीमा छाल उत्पन्न गरांउछ र यदि आफू त्यहां नजीक वसिएको छ भने उक्त छालले पर धकेलीदिन्छ जहां तपाईलाई समुद्रको छालको जस्तै अनुभूति गराइदिन्छ ।
त्यस्तै प्ले प्यान -पानीदारा गरिने मसाज )अर्को खेल हो जसमा तपाईलाई गोलाकार डवलीमा चारैतिरबाट पानीको मसिनो तर तीब्र गतिको फोहराले हानिन्छ जसले तपाईको शरीरको मालिस गरिदिन्छ । त्यस्तै अन्यमा कोपल स्लाइडर छ जसमा श्रीमान श्रीमती वा प्रेमी प्रेमिका एकै पटक बसेेर पानीमा चिप्लेटी खेल्दै तल पानी पोखरीमा पुग्न सकिन्छ ।
त्यस बाहेक बच्चाहरुको लागि मात्र बनाइएको किड स्लाइडर छ जसमा बच्चाहरु ट्यूव राखेर वा नराखीकनै पनि पानी चिप्लेटी खेल्न सक्छ । त्यसपछि तपाई छाताजस्तो आकारको वा भनौं च्याउजस्तो आकारको छानाबाट तल झरेको पानीमा नुहाउन सक्नु हुन्छ ।
तपाईलाई थकाइ लाग्यो ,तर अझै पानीमा नै खेलिरहुं जस्तो भैरहेको छ -धन्दा नमान्नुस् ।तपाईल्ााई अन्तिममा रमाईलो गर्ने खेल त बाकिं नै छ ।त्यो हो लेजी राइड जसमा तपाई एउटा ट्यूवमा बस्नुस् ।बांंकि काम पानीले आफै गरिदिन्छ अर्थात यो ४५० फिट जतिको अण्डाकार गोलाईको सानो कृतिम खोलामा तपाईले चाहेजति समय ट्यूवमा राखेर घुमाइदिन्छ ।
तपाईको आफनो परिवार अनि साथीभाईहरुलाई लिएर एकपटक अवश्य जानुस् । तपाईसंगै तपाईका वच्चाहरु पनि खुब रमाउने छन् ।
काठमाडौंबाट बाहिर जांदा अनि काठमाडौ र्फकदा तपाई यो पार्कलाई आफनो गन्तव्य वनाउन सक्नु हुन्छ ।आफनो वालवच्चा ,परिवार अनि साथी भाई सबैसंग पानी सम्बन्धि खेलहरु खेलेर रमाउन सक्नुहुन्छ ।
यति खेलिसकेपछि अवश्य पनि भोक लाग्यो होला - धन्दा नमान्नुस् ।तपाईलाई चाहेको खाना आइपुग्छ ।तपाई यहां सहुलियत दरमा रात पनि विताउन सक्नु हुन्छ ।
फोन राजेश उप्रेती ९८४१६०७४५४ वा प्रविण पाडे ९८४१६०७४९५ मा सर्म्पर्क गर्न सक्नु हुन्छ ।
Sunday, March 1, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment