Tuesday, March 3, 2009

पोखराको दिगो भविष्य




पोखराको लागि प्रकृतिर्,पर्यटन र संरक्षण ,यी तीन कुराहरुलाई समेटेर पोखराको समग्र विकासलाई ध्यान दिनु पर्छ ।प्रकृति भएकै कारणले पोखरा विश्वमै चर्चित भयो । त्यो सौर्न्दर्यलाई हर्ेन अनि आनन्द लिन संभव भयो जसलाई हामी छोटकरीमा पर्यटन भन्छौं र्।पर्यटनको कारणले मानव विकास भयो र अन्य धेरै वस्तहरुको उत्पादन र खरीद व्रि्री संभव भयो ।यी गतिविधि कै कारणले पोखराको सौर्न्दर्यमा दाग लाग्न पग्न भनेको पोखराको अस्मितामा दाग लाग्न हो । त्यसैले पर्यावरणमा असर पग्ने देखिए त्यस्तो मानवीय अत्रि्रमणलाई नियन्त्रण गर्ने संयन्त्रको निर्माण गरिन जरुरी छ ।

पोखरा देशकै एक प्रमुख पर्यटकिउ केन्द्र भएकोले यहाका बासिन्दाहरुमा हरदम अतिथि सत्कारको भावना रहिरहनु पर्छ चाहे त्यो एक अनपढ र्सबसाधारण मान्छे होस् ।यहां बस्ने हरेक बासिन्दाहरुलाई यहां घुम्न सकिने हरेम ठांउहरुको बारेमा राम्रो जानकारी हुनर्ुपर्छ ताकि यहां आउने पाहुनाहरुलाई आवश्यमक सूचना र जानकारी दिन सकियोस् ।यहांका बासिन्दाहरुमा आफूले फोहोर जताततै फाल्नु त परै जाओस् ,अरुले फालेकोलाई समेत टिपेर सही ठांउमा थन्को लगाउने सस्कार सबैमा हुनर्ुपर्छ ।

यहांको सौर्न्दर्य विगार्ने हरेक प्रयासहरुलाई निरुत्साहित गरिनु पर्छ ।शहर बजार अनि वस्ती विकास गरिदा त्यसले सौर्न्दर्यलाई प्रभाव पार्छ कि पार्दैन सोचेर विचार गरेर मात्र विकास गरिनु पर्छ ।

यहां चल्ने हरेक गाडीहरुका धनी ,सवारी चालक अनि सहचालक सबैजना आफनो गाडिले फाल्ने धुंवा कुन स्तरको छ भन्ने कुराको हरदम सचेत हुनु पर्छ र जानकारी राख्नु पर्छ र अत्याधिक प्रदुषित धुंवा फालिरहेको छ भने गाडीको राम्रो परिक्षण गर्नु पर्छ ।यहा अव्यवस्था र भद्रगोल बस्तीहरुलाई यस शहरका योजनाकारहरु अनि निकायहरुले व्यवस्थित वनाउनु पर्छ ।

यहां अधिक वषाकै कारणबाट बाढी पहिरोको समस्या पनि बेला बेलामा हुने गरेको छ ।

भगवानको कृपाले एउटा व्यवसायिक शहर भएपनि काठमाडौंको जस्तो भीडभाड र कोलाहल भने छैन ।सबैभन्दा ठूलो कुरा त यहां प्रदुषित सवारी साधनहरु र्,इटाभट्टा लगायतका वायु प्रदुषण गराउने उद्योगहरु छैनन् ,शायदर् इटा वनाउन उपयुक्त माटो नभएको कारणले होला ।अनि अन्यत्रबार्टर् इटा ल्याएर बेच्दा कैयौं गुणा महंगो पर्न जान्छ जसको कारण व्यवसायिहरुलर्ेर् इटा बिक्रि गर्न सक्दैनन् । त्यसैले यहांका प्राय सबैजसो हुने खानेहरुको घर ढुङ्गाले वनाइएका हुन्छन् भने अर्को चाहि सिमेन्टको ब्लकको प्रयोग गरेर बनाइएको हुन्छ ।

फेवा तालले वर्षौपिच्छे आफनो सिमाना मिचिदै आएको र वरपरको होटल र रेष्टुराहरुले आफनै आंगनमा फोहोर फयालेको टुलुटुलु हेरेर बस्न परेको छ ।आफनो सौर्न्दर्यले पोखरालाई हराभरा वनाएर लाखौं पर्यटकहरुलाई खुशी र आनन्द दिएर पर्यटन व्यवसायीहरुलाई ठूलो धनराशीको नाफा आर्जन गराइदिएर यत्तिको उदारता पर्दर्शन गरेर पनि आफनो यो दशा बनाइदिने मानवजातिलाई सहेर बस्नु परेको छ ।यो निश्चय पनि दर्ुभग्यको कुरा हो ।फेवा ताल अरुको फाइदाको लागि आफनो अस्तित्व मेटाउन तयार छ तर त्यसको असर भोलिका पिंडीहरुलाई पर्ने निश्चित छ ।यहां रहेको प्राकृतिक सौर्न्दर्यलाई भोलिका पिंडीहरुले देख्न नपाउने कारण के छ भन्ने कुरामा अहिलेका ससाना वालवालिकाहरु पनि सचेत हुन जरुरी छ ताकि भोलिका दिनहरुमा यस ठांउमा ठूलो ताल थियो र त्यसैको आड लिएर यहां ठूल्ठूला होटल , लज तथा रेष्टुराहरु थिए र यही तालको सौर्न्दर्य हर्ने लोभले यहां धेरै पर्यटकहरु आंउथे भन्न पर्ने दिन नआउला भन्न सकिंदैन ।

फेवा ताल पोखराबासीहरुको मात्र नभएर सम्पर्ण नेपालीहरुको समेत हो । त्यसैले यसलाई पोखराबासीहरुले नासोको रुपमा लिन पर्दछ किनकी आफनो मात्र एकलौटी सम्पत्ति ठान्नु मर्ूखता मात्र हनेछ ।त्यसैले यो ताल प्राकतिक रुपमा पहिले जे जस्तो अवस्थामा थियो र जत्रो आकारमा थियो ,त्यस्तै र त्यत्रै अवस्थामा ररिरहन पाउनु पर्छ ।पोखरामा भएकोले पोखराबासीहरुले उपयोग गर्न पाउंछन तर दुरुपयोग भने गर्न पाउने छैनन् ।

फेवा ताललाई वरपरको होटल रेष्टुराहरुले आफनो भान्छाबाट निस्कने तरल फोहोरहरुलाई त्यहां फाल्ने गर्दछन ,तब पानीमा हर्ुकने सूक्ष्मदेखि मध्यम खालका बिरुवाहरु अर्थात् झयाउ लेउ र जलकुम्भी जस्ता बिरुवाहरुका लागि अत्यन्त पौष्टिक खाना हो ।यसैको परिणाम स्वरुप यहां प्रशस्तै मात्रामा जलकुम्भीदेखि झयाउ र लेउहरु देख्न सकिन्छ ।

यस तालको सिमानालाई कायम गर्न र प्रदुषण रहित वनाउनलाई सरकारदेखि नगरपालिका र त्यस वरपरका होटल व्यवसायी अनि नगरवासीहरु उत्तिकै सचेत हुन जरुरी छ । जब कुनै चीजलाई माया गरिन्छ ,तब मात्र त्यसलाई हानी नपुयाउने बारेमा सोच्न थालिन्छ ।यो ध्रुव सत्य हो । कहिलेकाही त्यहांबाट जलकुम्भी हटाउने कार्यक्रम गरेको भन्ने सुन्ने गरिन्छ तर त्यो काम कुनै योजनाबद्ध तरिकाबाट हुने गरेको छैन ।जबसम्म बाषिर्क योजना अनुसार उक्त काम हुंदैन , तबसम्म आकस्मिक तरीकाको कामले मात्र केही हुन सक्दैन ।पोखराको आकाशलाई प्रदुषणको कालो छांयाले अझै छोइनसकेको हुनाले यहांको आकाश अझै पनि निश्चल निलो देखिन्छ । पहाडहरु अझै पनि एक कुनाबाट अर्को कुनासम्म देख्न सकिन्छ ।यहाको आकाशमा अझै पनि चिल र गिद्दहरु फन्का मारिरहेका देख्न सकिन्छ ।गर्मी याममा पर्यावरणीय शुदताको प्रतिक विभिन्न जातका र्सपहरु अझै देखिन्छन् ।

हाल देखिएकोे निख्खर निलो आकाश अबको दुइ दशक पछि पनि उस्तै देख्न पाइयोस् । आजभन्दा पन्ध्र वर्षपहिले काठमाडौंमा पनि यस्तै निलो आकाश देखिन्थ्यो र लाग्थ्यो कि यो त कहिलै पनि परिवर्तन हुँदैन ।तर हर्ेदा हर्ेर्दै अवस्था कहिल्यै नसुध्रिने गरी हामीले सोचेभन्दा विल्कुलै फरक भैसकेको छ ।


शहरी विकास र योजना

यहांका मुख्य शहरलाई छाडेर बांकी रहेको स्थानहरुमा सम्पर्ूण्ा आधारभूत सुविधाहरु भएपनि यहांको परिवेश ग्रामिण खालको छ । यहांका मानिसहरु आफनो सानो घर भएपनि ठूलो मन छ ।काठमाडौंको जस्तो ठूलो घर सानो मन नभएर यहां सानो घर तर ठूलो मन भएका मानिसहरु बस्दछन् । पोखरा एक कल्कलाउंदो वैशको अवस्थामा रहे झै छ । काठमाठौको जस्तो सांधुरा सडक,अव्यवस्थित र धना बस्ती अनि हरियाली हर्ेन पनि टाढा जानुपर्ने खालको छैन ।जमीन माथिको चाप कम हुने वित्तिकै प्रकृति खुलेर हांस्ने गर्दछिन् भन्ने कुुराको सांचो उदाहरण हो पोखरा ।

कुनै विकास सम्बन्धि काममा सबैजना भेला हुन्छन् ,छलफल गर्छन् र आफनो तर्फाट गर्नपर्ने आर्थिक र भौतिक सहयोग गर्दछन् । पं्रकृतिले पोखरालाई दिनसम्म आर्थिक योगदान दिएको छ । त्यसबाट आफले प्रकृतिलाई हानि नपुर्‍याई लिनसम्म लिन सक्नु आफनो शीप र क्षमतामा निर्भर गर्दछ ।

नेपालीहरु विकासका गतिला योजनाकारहरु होइनन् भन्ने कुरा प्राय सबै ठांउको विकास योजना वुनेको आधारमा नै थाहा पाउन गाह्रो छैन ।नेपालमा विकास सम्बन्धी कामहरु भगवान भरोसामा चलिरहेका छन् ।शहरको ब्यवस्थित योजना वनाउनको लागि विदेशबाट अर्बौको सहयाग आएपनि आखिर अवस्था जस्ताको तस्तै नै रहेको छ ।विना योजना नै शहर बनिरहेको छ ।यो सुन्दर शहरलाई यहांको सुन्दरता वचाइरहनको लागि ब्यवस्थित तरीकाले नलैजाने हो भने काठमाडौंको दांजोमा छिट्टै नपुग्ला भन्न सकिदैन ।

कुनै पनि ठांउको शहरलाई व्यवस्थित तरीकाले विकास गर्दा जब जनसंख्या एकै ठांउमा थुप्रिन थाल्दछन् ,तब शहरका योजनाकारहरुले बुझनु पर्ने कुरा यो हो कि अब त्यसभन्दा वरपरका ठांउहरुलाई पनि समानुपातिक ढंगबाट विकास गर्दै लैजानु पर्ने हुन्छ नत्र जनसंख्याको चाप थप हुंदै जान्छ र सिमीत जनसंख्यालाई धान्न सक्ने सेवा र सुविधाहरु अपुग हुन जान्छ जसको कारणले सेवा र सुविधाहरुको गुणस्तरमा कमी हुनुका साथै भीडभाड र कोलाहल पनि बढ्न थाल्दछ । र्सवसाधारणहरुले गुणस्तर विहिन सेवा र सुविधाहरु उपभोग गर्नु पर्ने स्थिती आउनु निश्चय पनि दर्ुभाग्यको कुरा हो । जसको ज्वलन्त उदाहरण काठमाडौ्र शहर हो । विकासले ल्याएका नकारात्मक असरहरुबाट त्यस ठांउलाई वचाउन त्यस ठांउकै वरपरका क्षेत्रमा पनि विकासलाई समानुपातिक ढंगबाट अघि बढाउन सकिन्छ ।

त्यसैले यहाकां नगरपालिकाहरु त्ाथा जिविस लगायत अन्य सरकारी योजना बनाउने योजनाकारहरुले अहिलेदेखि नै बुभ\mनु पर्ने कुरा भनेको यहांको प्रकृतिले दिएको सुन्दरतालाई बाचर्य राख्न कुनै पनि प्रकारको मानवीय हस्तक्षेपलाई न्यूनीकरण गर्ने उपायहरु अबलम्बन गरिएको छ कि छैन भन्ने कुरालाई पनि उत्तिकै ध्यान अहिले नै जावोस् किनकी स्थिती व्रि्रदै गएपछि भोलिका दिनहरुमा ठूल्ठूला योजनाहरुको जरुरत पर्छ र त्यसलाई सुधार गर्न पनि ठूलै योजनाहरुको जरुरत पर्दछ ।त्यसैले यस्तो अवस्थाबाट आफूलाई वचाउन सरकारी निकायहरुदेखि र्सबसाधारणहरुसम्म सचेत र सजग अहिल्यैदेखि हुन जरुरी छ ।

कुनै योजना बनाउंदा सरकारी निकायहरुले जे जस्तो योजना बनाए ,त्यसलाई र्सवसाधारणहरु माझ र्सार्वजनिक सुनुवाइ नगरी अगाडि बढाउन खोजिएमा त्यसबाट लिनपर्ने फाइदाहरु लिन नसकिने हुनाले यहाका नगरबासी सम्पर्ूण्ा सवसाधारणहरुको पनि आफनो तर्फाट सकृय भूमिका खेल्दै खबरदारी गर्न जरुरी छ अन्यथा काठमाडौंको जस्तो गन्जागोल र भद्रगोल अनि अस्तव्यस्त हंुदै गएको आफनै आंखा अगाडि टुलुटुलु हेरेर बस्न बाहेक केही उपाय रहदैन ।

यस उपत्यकामा काम गर्ने योजनाकारहरुमा मेरो के अनरोध छ भने यहांको प्राकृतिक सन्दरता विग्रिने किसिमले कनै पनि योजना नवनाउन होला ।कनै पनि विकासका योजनाहरु ब्ानाउंदा प्रकृतिसंग तालमेल मिलाएर जान सक्ने गरी मात्र वनाउन जरुरी छ ।यदि प्रकृतिसँग तालमेल मिलाएर विकास लैजान सकिएन भने भएको सन्दरता पनि नासिईंदै जान थाल्छ र सन्दरता भद्दापनामा परिवर्तन हन थाल्दछ ।

स्थानिय स्वायत्त शासन ऐनले आफनो नगरको योजना वनाउन र भौतिक सविधाहरु थप गर्न स्थानिय तवरबाटै वनेको योजनालाई महत्व दिएको छ ।त्यस्तै त्यसमा स्थानिय जनताहरुको पनि सहभागितालाई पनि उत्तिकै महत्व दिएको छ ।त्यसैले यहांका योजनाकारहरुले प्रकृति र वातावरणसंग नजिक रहेर त्यसको प्रणाली नव्रि्रने हिसाबले योजना बनाउने र त्यसलाई र्सवसाधारणहरुले अनमोदन गर्नेे र सहयोग जटाउने हिसाबले गर्न पर्छ ताकि प्राकृतिक सौर्न्दर्य कायमै रहोस् ।

नगरपालिकाले यस उपत्यकाको पर्व पश्चिम फैलिएको राजमार्गको दायाबाया सडक सिमाना कायम गरेको छ र त्यस सिमाना भित्र वनेको घर टहराहरुलाई भत्काएको छ ।यसरी भत्काएपछि अब थप के गर्ने हो कनै योजना वनाएको छैन झै देखिन्छ ।जसको कारणले यस उपत्यका भित्र छिरेपछि नै बाटोको दायांवायां भत्काइएका ती घरटहराहरु जथाभावी छाडिनाले यहांभित्र आउने यात्रीको आंखाहरु सबैभन्दा पहिले त्यही ठोकिन पग्दछ ।यो करुपको स्थितीबाट कसरी यसलाई फेरि सौर्न्दर्यमा लैजाने भन्ने कराको योजना तत्कालै बझन पर्दछ ।योजना यसरी वनाइन पर्छ जसबाट त्यस घरबाला बासिन्दाहरुले पनि फाइदा लिन सकन् र सौर्न्दर्यलाई पनि बढाउन सकियोस् ।काम गर्न जति ढिलाई गरियो ,त्यती नै जटिलताहरु पनि थपिइदै जाने हनाले यसलाई यथाश्रि्र अगाडि बढाउन नितान्त जरुरी भैसकेको छ ।यसको लागि नगरपालिका र स्थानिय घरधनी कै योजना र सहभागिता अनि फाइदा हने हिसाबले फलहरुको बगैंचा बनाउने हो भने सबैभन्दा उत्तम हनेछ भन्ने मलाई लाग्छ ।

पोखराका बासिन्दा अनि योजनाकारहरुमा मेरो एउटा अनरोध के पनि छ भने विकासको मोडेलमा अन्य देशका राजधानीमा भएका विकासको मोडेल हेरेर देशका अन्य भागहरुमा पनि फैलिदै जान्छ ।ती देशहरुमा शहरका योजनाकारहरुले हरेक कराहरुलाई अत्यन्तै महत्व दिएर एउटा सन्दर शहरको निर्माण गरेका हन्छन् ।तर हाम्रो देशका योजनाकारहरुलाई राम्रो सोचको अनि अध्ययनको अनि कामको अनभवको कमीको कारणले होला,हाम्रो देशको राजधानी शहर एउटा करुप शहर बनेको छ ।त्यही करुपतालाई पछ्याउंदै देशका अन्य शहरहरुतिर जाने हो भने अरु शहरहरु पनि काठमाडौं कै मोडललाई नपछ्याई वा प्रभावित नभई योजना वनाउन वेश हनेछ जहां भौतिक निर्मायामा पनि सन्दरता देखियोस् र प्राकृतिक सन्दरतासँग तालमेल देखियोस् ।

पोखरालाई प्रकृतिले वरदान दिएकी ठांउलाई यहाँको जीवनशैलीसंगै हरेकको मनमा पनि सन्दरता हन पर्दछ र यसलाई सन्दर राखिरहने लक्ष्यलाई कायम गर्न सकिन्छ ।काठमाडौंका शहरी योजनाकारहरुले केही गर्नै छाडिसकेको हनाले अब के गर्न पर्छ भन्ने करालाई नै पनि देख्न छाडिसके ।त्यसैले पनि आजकल काठमाडौं्र विकासमा चप चप छ ।विकास भनेकै निरन्तर केही न केही सकारात्मक परिवर्तन हुन हो ।

नेपालका शहरी विकासका योजनाकारहरु समक्ष पोख्नु र्ने एउटा गुनासो सधैं रहिरहन्छ ।वहांहरुमा नेपालको कुनै पनि शहरलाई व्यवस्थित तरकिाबाट वसाउने परिकल्पनाको सधैं कमी भइरहेको हुन्छ ।

वहांहरु कनै नगरउन्मुख गांउलाई शहरको रुपमा विकास गराउन होस् र निश्चित योजना वनाउने गर्नु हुन्न ।जसको फलस्वरुप नेपालमा जहिले पनि एउटा सम्पर्ूण्ा सुविधाहरु पर्याप्त मात्रामा उपलब्ध भएको शहरको आजसम्म पनि छैन । यदि कुनै भर्खरै बन्न लागेको शहर छ भने त्यसलाई व्यवस्थित गराएर योजना वनाउने गर्नु हुंदैन भने त्यस्तै अव्यवस्थित तबरले वनेको शहरलाई अव्यवस्थित भैसकेको छ भने ठूलो लागत चाहिन्छ ,ठूलो बजेट चाहिन्छ अब केह र्ीगर्न सकिदैन भनेर हात झिक्ने गर्नु हुन्छ ।

राष्टि्य योजना आयोगसम्मका योजनाको इतिहासमा आजसम्म पनि कुनै शहरको व्यस्थित भौतिक योजना वनाएर सुव्यवस्था तरीकाले शहरी विकासको एउटा ठूलो चुनौति होइन र -यहांका शहरी योजनाकारहरु सधैभरि आफनो अनेक सिमीततालाई मात्र दोष लगाएर वस्नु हुंदैन ।यस शहरीकरणको योजना र विकास गर्दा पर्यावरणलाई कसरी जोगाएर गर्ने भन्ने सोचेर बुझेर मात्र गर्नु पर्दछ ।

हाम्रो देशका योजनाकारहरु विकास कहां र कसरी गर्नु पर्छ भन्ने कुरा देख्दैनने वा देख्नै छाडिसके ।जसले देख्छन् ,उनीहरु एक्लिन्छन् अनि जसले त्यसलाई साकार रुप दिन खोज्छ ,उसले अरुले देखेको सपनालाई साकार रुप दिन सहयोग नै गर्दैनन् वा यो संभव छैन भनेर टाड अड्याउने गर्दछन् ।सकिदैन र संभव छैन भन्दा भन्दै हाम्रो दिमागले काम गर्न नसक्नेतिर ढल्किन्छ ।

मान्छे अनि समय संगसंगै परिवर्तन भइरहेका हुन्छन् । यदि परिवर्तनलाई योजनाकारहरुले सही गति र दिशा दिन सकेनन् भने परिवर्तन गलत दिशातिर उन्मुख हुन्छ,जसको गतिलो उदाहरण हो ,काठमाडौं शहर ।ग्रामिण जीवनशैलीबाट शहरीकरणतिर उन्मुख हुने क्रममा शहरीकरणले काठमाडौको जस्तो गलत रुप लियो भने पोखराको पर्यटकिय भविष्य ओरालो लाग्छ ।

काठमाडौं देशको राजधानी भएर पनि देशका अन्य ठांउको लागि प्रेरणा वन्न सकेन ।त्यस कारण विकासको मामिलामा काठमाडौंसंग सिक्न सकिने कुराहरु लगभग छैनन् ।तर पोखरामा समग्र उपत्यकालाई लिएर विकास गर्न सकिने संभावना अझै पनि वाकि नै रहेको हु्रदा यसलाई देशको नमूना शहरको रुपमा विकास गरेर देशका अन्य भागमा पनि विकास गर्नको लागि सिक्ने ठांउहरु राख्नलाई पनि पोखरालाई सम्पर्ूण्ा रुपमा विकास गराउन जरुरी छ ।कुनै योजनाविना आक्कल झुक्कल हुने सकारात्मक नै भएपनि त्यसले दिने परिणाम र उपलब्धी अत्यन्त न्यून हुन जान्छ र त्यो विकासको सही गति पनि होइन ।त्यसैले नेपाल हरेक क्षेत्रमा पछाडि परिरहेको छ ।
कुनै लक्ष्य हासिल गर्न कठोर निर्ण्र्ाानगरी सकिंदैन। एक पटकको कठोर निर्ण्र्ााे भोलिको दिनमा सजिलो वनाउंछ भने कठोर निर्ण्र्ाागर्न पछि हट्नु हुंदैन ।हाम्रो देशको जुनसुकै क्षेत्रमा पनि पछि पर्नुको कारण दिर्घकालिन - कुनै पनि कुरामा ) दृष्टिकोण राख्न नसक्नु र त्यसमा गरिनुुपर्ने आवश्यक कामहरुमा पनि कठोरता देखाउन नसक्नु नै प्रमुख रुपमा रहेका छन् ।


फोहोर मैला व्यवस्थापन

अन्य नगरपालिकाहरुको फोहोर व्यवस्थापन गर्न समस्या भएजस्तै यहांको नगरपालिकालाई पनि फोहोर व्यवस्थापनमा कठिनाई भइरहेको टड्कारो देखिन्छ र यहांको नगरपालिकाका पदाधिकारीहरुबाट पनि सिमित साधन र स्रोतको कारणले सरसफाई हुन नसकेको कुरा नै सुन्नमा आउंछ ।

ल्यान्डफिल्ड र्साईटलाई आफनो सम्पत्ति जस्तै ठान्ने अन्य नगरपालिका जस्तै यहांको पनि एउटा ल्यान्डफिल्ड साइट रहेको छ नगरपालिकाको दक्षिणपटिट अनि सेती नदी संगै छिने डाडामा ।यहांका नगरपालिका यति ससक्त हुनु पर्छ कि फोहोरलाई सरसफाई गर्न अनि मोहोरमा बदल्न नगरवासीहरु हरेकलाई अभ्रि्रेरित गर्नर्ेपर्छ । आफनो घरबाट निस्कासन हुने फोहोरलाई घरबाहिर निस्कासन हुन दिनु हुंदैन्न ।हरेक आमा बाबुले आफना छोराछोरीलाई फोहोर तह लगाउन सिकाउनु पर्छ ।बाटोमा वा बजारमा रहेका फोहोर टिपेर सही ठांउमा तह लगाउने भक्तपुर नगरपालिकाको जस्तो रणनीति हुनर्ुपर्छ ।यद्यपि भक्तपुर नपाले पनि फोहोरलाई उत्पादनलाई सही तरीकाले विर्सजन गर्ने प्रणाली अझै पर्ूण्ाता भने पाइसकेको छैन ।




वायुको गुणस्तर

पोखरा नगरपालिकाले २०५६ सालमा सरकारले काठमाडौंबाट ब्रि्रम टेम्पो हटाउंदा ती टेम्पोहरुलाई पोखरामा भित्रयाउन नदिएर एउटा सराहनीय काम गरेको सर्न्दर्भ स्मरणीय छ ।वास्तवमा त्यो घटना तात्कालिन मेयरको आफना नगरवासीहरुलाई प्रदुषणको कालो छांयाबाट बचाउने एक साहसिक कदम थियो जसमा नगरबासीहरुको पनि उत्तिकै सहयोग रहेको थियो ।यहां काठमाडौंको जस्तो इटाभटाहरु छैनन् र धेरै उद्योगहरु पनि छैनन् ।शहर बजारको थोरै ठांउमा बाहेक अन्ततिर छरिएर रहेका मानव वस्तीहरु छन् । त्यसैले पनि वायुको गुणस्तर काठमाडौंको जस्तो छैन ।यहां काठमाडौको जस्तो उद्योग व्यवसाय फस्टाउंदा अनि जनसंस्या बढ्दा पर्यावरणको हार हुनु हुंदैन । उत्पादनजन्य उद्योग खोल्न अनुमति दिइदा अनुमति दिने निकायले उक्त उद्योगले प्रयोग गर्ने उर्जा विद्युतिय हो कि वा कोइला तथा डिजेलबाट हो भन्ने कुराको अध्ययन गरेर मात्र दिइनु उचित हुन्छ अन्यथा वायुप्रदुषणको कालो छांयाले यहाका हिमालहरु छेकिए भने पोखराको सुन्दरतामा कालो पोतिन सक्छ ।

पोखरामा वायु प्रदुषणको स्तर काठमाडौंको जति नहोला तर हालका दिनहरुमा आएर सवारी साधनहरुको संख्या उल्लेख्य मात्रामा बढेको छ ।त्यसमा पनि पुराना र थोत्रा गाडीहरुको संख्या उल्लेख्य मात्रामा रहेको छ र त्यसले वायु प्रदषण पनि बढ्दै गइरहेको छ । अबका दिनहरुमा ब्रि्रम टेम्पोको घटनालाई मात्र संझेर हंुदैन ।त्यसैलाई आधार मानेर आवश्यक कदमहरु चाल्दै जानु पर्दछ ।यस अर्थमा त्यस्ता निकायहरु र जनताहरुले सचेत भएर विस्थापित गराउन भमिका खेल्न पर्छ ।

यहां पनि ट्ाफिक व्यवस्था अत्यन्त अस्तव्यस्त हंदै गइरहेको पाइएको छ ।सवारी साधनहरुको चापसंगै कस्ता सवारी साधनहरुलाई भित्रिन दिने ,कहां कहां व्यवस्थित पार्किङ्ग क्षेत्र वनाउने ,कहां निषेधित गर्ने जस्ता कराहरु बारे यहांका यातायात व्यवस्था कार्यालय , नगरपालिका अनि सडक बिभागले मिलेर काम गर्न जरुरी छ ।


पानीको गुणस्तर

हाम्रो देशमा शहरीकरणको क्रमसंगै त्यस शहरको धरोहरको रुपमा रहेको नदी र खोलाहरु ध्ामिलिदै र फोहोर थुपिदै जाने क्रम हुने गर्दछ । पोखरा पनि त्यस क्रमबाट अछुतो भने छैन ।शहर बजारमा फोहोर पानीका खुला ढल अनि वन्द ढल पनि फुटेर बाहिरैबाट वगिरहेका देखिन्छन् ।त्यस्तै शहरबाट फोहोर पानी वगेर ती संङ्गलो र कञ्चन पानीमा गएर मिसिएका दृष्यहरु वढेदै छन् ।

वेगनास र रुपा तालमा व्यवसायिक माछा पालन भैरहेको छ सामदायिक हिसाबले अनि खास्टेमा निजी माछा पालनको हिसाबले भैरहेको छ ।स्थानिय माछा पालकहरुका अनुसार यी तालहरुबाट व्यवसायिक माछा पालन गर्ने क्र्रममा स्थानिय जातका माछाहरु भने लोप हंुदै गइरहका छन् ।माछा पाल्ने क्रममा विद्युतिय करेन्टको प्रयोग ,महाजल नामक विषादी अनि माछाको वाहृय प्रजातिको पालनको कारणले ।यस बाहेक मानवीय कारणहरुले प्रदुषणको मात्रा बढिरहेको छ ।तालको छेउछाउ लगा धुने ,नुहाउने ,ताल र नहरको किनारमा फोहोर फाल्ने ,आफनो खेत बारीमा किटनाशक विषादीहरुको प्रयोग बढ्दै गइरहेको आदि जस्ता कारणहरुले तालका झयाउ र लेउको लगायतका झारहरुको मात्रा बढ्दै गइरहेको कुरा क्ष्ग्ऋल् को प्रतिवेदनले देखाएको छ ।

कुनै पनि काम गर्न नारा मात्रैले पुग्दैन ।नाराको साथ साथै त्यसको लागि कार्य योजनाहरु पनि वनाउन अत्यन्तै आवश्यक हन्छ । यहां सिमसारको महत्व राख्ने ताल र तलैया र खोलाहरु रहेका छन् ।यहांका तालहरु शान्त र प्राकृतिक सौर्न्दर्यले युक्त छन् । यसले जलको शदिकरण गर्ने , बाढीका असरहरुलाई कम गराउने तथा कृषिको लागि अत्यावश्यक पानीको आपर्ूर्तिमा मदत गर्दछ । यसले मत्स्य पालनको लागि ,डुंगा बिहार गरी मनोरन्जन लिने जस्ता प्रयोजनको लागि प्रयोग भइरहेका छन् ।त्यस्तै यहाका तालहरुमा थुप्रै प्रजातिका वनस्पतीहरु पाइने तथ्य आइयुसिएनले अनि लिवर्डले गरेको अध्ययनको प्रतिवेदनमो उल्लेख छ जस अन्तरगत केही लोपोन्मख छन् भने केही ताललाई खतरामा पार्न सक्ने वनस्पतिहरु प्ानि उत्तिकै मौलाएका छन् ।यहां २५ प्रजातिका माछाहरु पाइन्छन् , वर्षरिमा यहां १०४ थरीका चराहरु पाइएको कुरा विभिन्न समयमा गरिएको अध्ययनले देखाएको छ ।


डाडाहरु अनि जमिनको संरक्षण

यहांका दर्ुइ ठूला खोलाहरु सेती र विजयपुर केही आक्रामक देखिन्छन् जसले आफनो किनारालाई वर्षौपिच्छे हान्दै माटो भत्काउंदै लगेर भूक्षय भएको र पहिरो गएको देखिन्छ । जसबाट के अनुमान गर्न सकिन्छ भने यो नदी मर्स्याङ्गदी जस्तो शान्त र सौम्य छैन । मस्याङ्गदी नदीको किनारा चट्टानी वनावट भएको कारणले जति नै ठूलो बाढी आएपनि आफनो किनारालाई क्षति पु याएर भूक्षय गराएर लगेको देखिदैन । त्यसमा पनि पोखराको भूवनावट ससाना ग्रेगर र माटो मिसिएर वनेको हुनाले पानीलाई सोसेर लिन सक्दैन र सोसेर लिएपनि पानीको भारलाई थामेर बस्न नसक्ने हुनाले व्यापक भूक्षय र पहिरोको रुप लिएको प्राय सबै डाडाहरुमा देख्न सकिन्छ । खोला किनारको क्षेत्रमा प्राय वगर वनेको छ ।त्यस्तै पानी सोसेर लिन सकेको ठांउमा पानी तलतलसम्म जान्छ र किनारपटि्टको माटोले कुनै आड नपाएको हुनाले थामिएर बस्न नसकेकोले खोलाको किनारमा भूक्षय र पहिरोको रुप लिएको देखिन्छ ।
यसलाई वचाउन जात सुहाउंदो बिरुवाको वृक्षरोपण गरिनु जरुरी छ । त्यस्तै यी खोला र तालहरुको जलाधार क्षेत्रहरुलाई पनि वचाउन जरुरी भैसकेको छ ।

No comments:

Post a Comment