पोखरा छिर्ने विकल्पहरु तीनवटा छन् ।एउटा काठमाडौंबाट ,अर्को नारायणगढबाट अनि तेस्रो वुटवलबाट पाल्पा ,स्यांजा हुदै पोखरा । पोखरा जानको लागि स्थल मार्गदेखि हवाइ मार्ग सम्म उपलब्ध छ ।स्थल मार्गबाट पोखरा आउन माइक्रो वस ,ठूलो वस सेवा उपलब्ध छ भने पर्यटकहरुको लागि पनि स्थल मार्गबाट सुविधा सम्पन्न ठूला वस सेवा उपलब्ध छ ।तर शुल्क भने फरक फरक छ ।माइक्रो वसले ४०० देखि ५०० रुपैयासम्म लिने गर्दछन् । तपाईलाई छिटो यात्रा गर्नुछ वा छिटो यात्राको आनन्द लिनु छ भने माइक्रो वसलाई छान्न सक्नु हुन्छ ।कलंकीमा माइक्रो वस विहान सात बजेदेखि अपरान्ह चार बजेसम्म पनि पाउन सकिन्छ ।
तपाईलाई हतारो छैन भने ठूलो वस लिन सक्नु हुन्छ ।जसले तपाईलाई विहानदेखि वाह्र बजेसम्म छुट्छ ।ठूलो वस सेवाहरुको रात्री सेवा पनि उपलब्ध छ ।दिउसको सेवा भने एक्सप्रेस सेवा नभएकोले ठांउ ठांउबाट यात्रु चढाउंदै ओराल्दै गर्ने हुनाले निकै नै ढिलो र भभटिलो हुने गर्दछ ।
तपाई पर्यटकिय ठूला वसबाट पनि जान सक्नु हुन्छ जसले पनि ३५० रुपैयामा लिने गर्दछन् । काठमाडौमा यी पर्यटकिय वस सेवाको टिकट ठमेलमा पाउन सकिन्छ ।यी वसहरु विहान ७, ८ वजे कान्तिपथबाट छुट्छन् ।अनि चितवनको सौराहाबाट पनि दिनमा दुइ तीनवटा आरामदायी पर्यटकिय बसहरु छुट्ने गर्दछन् ।
पोखरामा भने ड्याम साइडमा रहेको पर्यटक वस पार्कबाट वस छुट्ने गर्दछ ।यसरी पर्यटकिय वस सेवा उपलब्ध गराउने यातायात सेेवाहरु हुन् ।निर्मल र्टुस , स्वीस टाभल्स ,ब्लु स्काइ ,ग्रे हन्ड ,ओपन हार्ट ,वावा आदि रहेका छन् ।
आन्तरिक हवाई सेवा उपलब्ध गराउने बुद ,गोर्खा , कस्मिक ,यति ,सीता आदि सबै वायुसेवाहरुले एकदिनमा नै कैयौं पटक पोखराको लागि उडान भर्ने गर्दछन् । जसले २००० देखि २५०० सम्मको शुल्कमा आफनो सेवा उपलब्ध गराउंदछन् ।
त्यस्तै पोखरा पुग्न हेलिकप्टर सेवा पनि उपलब्ध छ । डाइनेष्टी , फिसटेल एयर हेलिकप्टर सेवाहरुले आफनो सेवा .............शुल्कमा आफनो सेवा दिने गर्दछन् ।
तपाईलाई पोखरा आउनको लागि देशका विभिन्न भागहरुबाट वस सेवा संचालनमा छ भने काठमाठौंबाट बिहान ७ बजेदेखि हरेक आधाघण्टामा माइक्रो बस चल्छ दिउस ३ वा ४ बजेसम्म ।
त्यस्तै तपाई यात्राको आनन्द लिन चाहनु हुन्छ समय र पैसाको परवाह गर्नु हुन्न भने काठमाडौ कान्तिपथबाट हरेक बिहान पर्यटकिय वसहरु छुट्ने गर्दछन् जसको टिकट ठमेलका टाभल एजेन्सीहरुबाट अग्रीम रुपमा बुकिड गरेर लिन सकिन्छ ।
यदि आफनो कार अनि मोटर साइकलमा पनि जान सक्नु हुन्छ जसमा मोटर साइकलमा चार लिटर जति पेटोल खर्च हुन्छ भने कारमा आठदेखि दश लिटर पेटोल खर्च हुन्छ ।तर जब तपाई आफनै मोटर साइकल वा कारमा हुनुहुन्छ भने सिधै पोखरातिर लाग्नु भन्दा पोखरा पुगुन्जेलसम्म के कस्ता रमाइला र मनोरन्जनका गतिविधि गर्न सकिन्छ ,एक पटक ती गतिविधिहरुमा भाग लिएर जानु भयो भने तपाईको यात्रा रमाइलो र नयापन आउने छ । के के गतिविधिहरु गर्न सकिन्छन् ,ती सेरोफेरोमा उल्लेख गरिएका छन् ।
त्यस बाहेक टाभल एजेन्सीहरुलाई सर्म्पर्क गरेमा पोखरा आउन निजी कार, भ्यान जस्ता सुविधाजनक सवारी साधनहरु पनि पाइन्छन् जुन केही महंगो भएपनि यसरी आंउदाको आनन्द भने वेग्लै छ ।
Wednesday, March 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment