पोखरामा दमाई , कामी, गुरु ,मगर ,नेवार लगायत बाहुन ,क्षेत्री ,थकाली ,तामा , तिब्बती अनि अन्य जातजातिहरुको बसोबास भएकोले बहुजातिय अनि बहुभाषिक शहर हो । पोखरा एक वयस्क अवस्थामा प्रवेश गरेको शहर हो । अर्थात् यहाका लगभग ९५ प्रतिशत वस्तीहरु नयां वनेका हन् ।शहरीकरणको क्रममा भौतिक पर्ूवाधारहरुको निर्माणसंगै यहांवरपरका भेगहरुबाट विभिन्न जातजातिहरु आएर वस्ने क्रम शुरु भयो । यस क्रममा यहां वरपरका रैथाने जातिहरु गरुड , मगर अनि हिमाली भेगका वासिन्दाहरु विस्तारै यहां वर्साई र्सन थाले ।
गरुड ,मगर ,नेवार अनि बाहुन , क्षेत्री लगायतका जातजातिहरुको मिश्रति वसोवास रहेको छ । गरुड मगरहरु प्रायजसो विदेशी सेनामा छन् भने नेवारहरु व्यापारमा र अन्य पेशामा छन् । विदेशको कमाई राम्रो हुने हुनाले अरुहरुको दाजोमा उनीहरुको रहनसहनमा व्यापक फरक भएको देख्न सकिन्छ ।यति भैकन पनि एक अर्कावीच आदर सम्मान र मैत्री भावमा मिलेर वसेका छन् । विकासको क्रम विस्तारै विस्तारै उपत्यकाको कुना काप्चाहरुमा पुग्दै छ ।शहरी क्षेत्रमा पनि गामीण क्षेत्रबाट मानिसहरु आउने क्रम विस्तारै बढिरहेको छ ।वस्तीहरुको विस्तार बढ्दै छ ।मुख्य शहरी क्षेत्र बाहेकका ठांउहरु सम्पर्ूण्ा भौतिक सुविधाहरु पुगेका भएपनि ग्रामिण परिवेश कायम नै छ ।
वर्षरिमा यहां विभिन्न जातजातिहरुको विविध प्रकारका चार्डपर्व र रितीरिवाजहरु छन् ।कुनै पनि जातजातिहरुको आफनो संस्कृति भनेको फूलको सुगन्ध जस्तै हो ।जुन फूलको जस्तो सुगन्ध छ ,त्यही सुगन्धदारा उक्त फूलको पहिचान हुन्छ ।त्यस्तै जुन जातिको जस्तो प्रकारको सस्कार र रिती रिवाज छ ,भेषभूष र पोशाक अनि भाषा छ ,त्यही नै उक्त जातिको पहिचान हो ।
पोखरामा विभिन्न जातजातिहरु ऋनि उनीहरुको चार्डपर्व मनाउने चलनले पोखरालाई सांस्कृतिक रुपमा जिवन्त राखेको छ ।
तल विभिन्न जातजातीले मनाउने आआफनो चार्डपर्वहरु दिइएका छन् ।
गुरुड
टोंटे
मगर
तामाड
लोसार
थकाली
तिब्बती
पोखरामा तिब्वती मुलका मानिसहरु पनि उल्लेख्य मात्रामा रहेका छन् ।तिब्बतीहरु यहां कसरी आइपुगे होलान् भन्ने लाग्न सक्छ ।दलाई लामा तिब्बतबाट भागेर आउने क्रममा नै भागेर धेरै तिब्बती शरणार्थीहरु नेपालमा पनि आएका थिए जसमध्ये केही काठमाडौंमा रहे भने केही पोखरा अनि कोही देशका अन्य भागमा ।
हाल उनीहरुको आफनो परम्परागत गलैचा बुन्नेदेखि लिएर हस्तकलाका सामानहरु व्नाउने काममा लागेका छन् र पोखराको चिनोको रुपमा आफनो हस्तकलालाई चिनाएका छन् ।
पातले छांगोको अवलोकन गरेर जब तपाई बाहिर आउनु हुन्छ ,तब त्यहा तपाईले महिलाहरुको लागि उपयुक्त हुने खालको गरगहना लगायत अन्य हस्तकलाका सामानहरु रहेका विभिन्न पसलहरु देख्नुहुन्छ ।यहां तपाईले आफनो श्रीमती वा दिदी बहिनीको लागि उपयुक्त हुने चिनो स्वरुप कुनै गहना खरीद गर्न सक्नु हुन्छ ।यी गहना किन्दा तपाईले प्रशस्त मोलमोलाई गर्न सक्नु हुन्छ ।कतै तपाईले मनपर्ने गहना भेट्नु हुन्छ कि - एक पटक याद गर्नुस् ।
मुसलमान
Wednesday, March 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment