Wednesday, March 4, 2009

भूमिका

मान्छेको उत्पत्तिको शुरुवातसंगै घुमन्ते जातको हो जतिवेला घुम्नुको उद्येश्य फरक थियो अनि यातायातको साधनको नाममा आफनै खुट्टा बाहेक केही थिएन ।यातायातका साधनको आविष्कारसंगै आफू बसेको ठांउबाट टाडा टाडा हंदै एक महादेशदेखि अर्को महादेशसम्म घुम्न निस्कन थाल्ाको छ र यसरी घुम्न पाउंदा निकै रमाउंछ । घुम्दा घुम्दै मान्छे एउटा ग्रहदेखि अर्को ग्रहसम्म घुम्ने भैसकेको छ । हरेक मान्छेलाई राम्रो ठांउ घुम्ने ,मीठो मीठो खाने र राम्रो राम्रो लगाउन मन पर्छ तर मान्छेको आफनो स्वभाव अनुभव अनुसार मात्रामा धेरथोर हुन्छ ।

पोखराको सौर्न्दर्यलाई सम्पूण रुपमा आफूभित्र समाहित गर्नका लागि एउटा मार्ग दर्शकको आवश्यकता पर्दछ । त्यो मार्गदर्शक व्यक्ति पनि हुन सक्दछ अनि पुस्तक पनि जसमा शब्द ,नक्शा र तस्विरहरु समेत एकैसाथ होउन् । त्यस्तो मार्गदर्शक पुस्तक यस अघि पनि निस्किएका छन् । तिनीहरुको आआफनै विशेषताहरु पनि छन् ।त्यस त्यसको वावजद महसस गरिएको सूचनाको अभावलाई पूरा गर्न एउटा मार्गदर्शक पुस्तकको जरुरत महसूस भयो र अभाव नै सिर्जनाको जननी भने जस्तै सिर्जना भयो यो पुस्तकको ।

यात्राले उर्जा दिन्छ ।थकान शारिरीक मात्र हुदैन ,मानसिक पनि हुन्छ ।मान्छेले उर्जा विभिन्न किसिमले पाउन सक्छ ।जस्तै राम्रो पुस्तक पढ्न , राम्रो चलचित्र हेदा जस्तै भ्रमणले रमाइलो ,आनन्द दिनुका साथै उर्जामय वनाउंछ । हरेक प्रकारका गतिविधिले छुटटा छुटटै प्रकारका उर्जा दिन्छन् ।मान्छेलाई उर्जाको जरुरत पर्छ नै जसको सहाराले नै उसलाई हरेक दिन वाच्ने प्रेरणा दिन्छ ।फरक खानाले फरक स्वाद र पोषण दिए जस्तै विविध प्रकारका यात्राबाट विविध प्रकारको उर्जा प्राप्त हन्छ ।पोखराका तालहरुको भ्रमणले एक प्रकारको उर्जा प्राप्त हुन्छ भने कनै डाडामाथि पगेर हिमाल हेनाले अर्कै खालको उर्जा प्राप्त हन्छ ।यहां कुनै रोमान्चक खेलसंग आफूलाई परिचित हंदा छुटटै उर्जा प्राप्त हुन्छ ।यी सबै अवसरहरु एकै ठांउमा पाउंदा त्यसको मजा झन छुटटै हुन्छ र उर्जा पनि छुटटै ।त्यसैले त फरक खालको उर्जाको लागि संसार भरका मानिसहरु त्यो उर्जा प्राप्त गर्न यहां आउने गर्दछन् ।आफूलाई यहांको सौर्न्दर्यमा चुर्लुम्म डुबाउंछन् र आपुलाई उपयक्त लाग्ने पदयात्रा मार्गमा भ्रमण गर्दछन् ।

अक्षरहरु थपिदै गइरहेका छन् अब यसलाई एउटा पुस्तकको रुप दिने कि भन्ने सोच पलायो । पोखराको सौर्न्दर्यको बारेमा मात्र चर्चा भएको सुनेकोमा पोखराको सम्पूण कुराहरुलाई समेटेर एउटा पुस्तक नै किन तयार नगर्ने त भनेर यहांका विविध क्षेत्रका विज्ञ र विशेषज्ञहरुसंग भेटघाट र छलफल गर्दै गइयो ।एवम् रितले घर वनाउंदा एक एकवटार् इटा थप्दै सिमेन्टले जोड्दै गएजस्तै हरेक पक्षहरुलाई समेटेर शब्द र तस्वीरहरुले जोडिदै गए अनि तयार भयो यो पुस्तक ।यो पस्तकले विविध विचार र उद्येश्य भएका व्यक्तिहरुको आआफनो आवश्यकता परा गराउन भमिका खेल्न सकोस् र फाइदा लिन सकियोस् भनेर सकेसम्म बढी भन्दा बढी सचना र जानकारी समेट्ने कोशिश गरेको छ ।यसमा सामान्यतया घमेर आनन्द लिन प्रकृति र पर्यावरणदेखि खेलकदसम्मका विषयहरु समेटेको छ र समाजशास्त्र अनि उद्योग व्यवसाय आदि बारे विविध विषयहरु बारे विस्तृत जानकारी लिने ,अध्ययन गर्न समेत सहयोगी भमिका खेल्न सकोस् भन्ने कोशिश गरेको छ ।आशा छ कि यो पस्तकले यहांहरुको आवश्यकता परा गर्न अनि मेरो शिर्ष अनसारको उद्येश्यमा र्सार्थक वनाउन कोशिश गरेको छ ।म यो आशा गर्दछ कि यस पस्तकबाट भरपर आनन्द लिन सक्नहोस् भनेर भरपर कोशिश गरेको छ ।हामी प्रायजसो नेपालीहरु घम्न पनि राम्ररी जान्दैनौ जस्तो लाग्छ ।यहां आउने प्राय नेपालीहरु सबैले एकै प्रकारको भ्रमण शैली अपनाएको देखिन्छ ।जस्तै कि फेवा तालमा डुङ्गगा चलाउने , सराङ्गकोट जाने अनि विध्यवासिनी मन्दिरको दर्शन गर्ने र एकाध ठांउमा घुेर गइहाल्ने ।

यहां आइसकेपछि आफनो घुमन्ते स्वभाव अनुसार आफनो कामबाट छुट्टीका दिनहरुमा विभिन्न ठांउहरु घुम्न जाने गर्न थालियो साथीभाईहरुसंग ।घुमेका ठांउहरुको बारेमा आफूले देखेका र अनुभव गरेका कुराहरुलाई शब्दहरुमा व्यक्त गर्ने आफनो स्वभाव अनुसार लेख्दै गएं ।शुरुमा पोखरालाई समग्रमा देखिएका कुराहरुलाई समेटेर एउटा तस्वीर सहितको एउटा लेख बनाएर पत्रिकामा दिने कि भन्ने सोचले लेख्दै जान थालें ।लेख्दै जाने क्रममा दिनानुदिन थपिदै गयो ।

सिमीत ठांउमा संकचित भएर गरिने घुमाइले घुम्नुको वास्तविक मजा दिंदैन र पोखराको लागि प्रकृतिले दिएको सौर्न्दर्यको पनि जांच परख गरिएको ठहर्दैन भन्ने मलाई लाग्छ ।तर घुम्नको लागि राम्रो सूचना र जानकारी लिने अवसर पाइएन भने घुम्नुको के आनन्द -
पोखरा सम्बन्धी सबैजसो नेपालीहरुमा धेरथोर जानकारी छ तर कसैले सम्पूण् जानकारी चाहेमा त्यस्तो प्रकारको जानकारीको अभाव महसूस हुन्छ ।त्यही अभावलाई पूरा गर्न यो ब्लग खोलिएको हो ।

No comments:

Post a Comment