Wednesday, March 4, 2009

नदीनाला र तालहरु

पोखरा र सिमसार क्षेत्र

पोखराको सान र गौरवको रुपमा यहां विभिन्न ताल र तलैया र नदीहरु रहेका छन् ।पोखरा आठ तालको शहर हो जस मध्ये लेखनाथ नगरपालिका भित्र मात्र साना र ठूला गरेर सातवटा तालहरु रहेका छन् । त्यसैले त लेखनाथ नगर पालिकाले आफनो नगरबासीहरुको सहयोगमा यस नगरपालिकालाई सात तालहरुको बगैचा शहर भनेर नामाकरण गरेको छ ।यहांको नगरपालिकाले सिमसार क्षेत्रको महत्व दर्शाउन अनि संरक्षण गर्नकै लागि यस नगरलाई सात तालहरुको शहर भनेको हुनु पर्दछ । यद्यपि ताल भनेर कहलिनको लागि ८ हेक्टर क्षेत्रफल अनि सरदर गहिराइ २ मीटर हुनु पर्छ भन्ने मान्यता रहेको छ ।यस अर्थमा वेगनास ,रुपा ,खास्टेहरु तालको परिभाषा भित्र पर्दछन् भने बांकि पोखरीमा । नगर पालिकाले अन्यलाई पनि तालकै नामभित्र पारेकोले तालकै परिभाषा अनुसार सिमाना कायम गराउने उद्धेश्य राखेको बुभ\mन सकिन्छ ।

काठमाडौको वीच भागबाट वागमती वगे पनि उक्त पानीलाइ प्रदुषणको कारणले उपयोग गर्न सकिने अवस्था छैन तर पोखरामा त्यस्तो पानीको हाहाकार छैन किनकी यहां साना लगायत ठूला नदीहरु वीचभाग भएर वग्ने गर्दछन् र अझै पनि ती नदीहरुमा कंचन पानी बग्ने गर्दछन् ।

No comments:

Post a Comment