सेती नदी
उपत्यकाको बीच भागबाट बग्ने सेती नदी र सेती नदीको पर्ूवपटिटबाट बग्ने विजयपुर दुवै समानान्तर भएर वगेको भएपनि दक्षिणमा भरतपोखरी र निर्मल पोखरीको डाडामुनि पुगेपछि पर्ूवतिर लागेको छ जसमा नै विजयपुर खोला मिसिएको छ ।
सभवत नेपालका प्राय सबैजसो नदीहरुमा निलो पानी वगेपनि यस नदीमा भने चुन मिश्रति सेतो पानी वग्ने कारणले यसलाई सेती नदी नामाकरण गरिएको हुनर्ुपर्छ ।यो नदीमा जहिले पनि सेतो पानी बग्ने कारणबाट यो नदीको नाम सेती राखिएको हो । यसको अझ अचम्मलाग्दो कुरा त के छ भने बषर्ातको समयमा जब अन्य नदीहरुमा हिलो माटोहरुको मिसावटका कारण धमिलो देखिइरहेको हुन्छ तर यस नदीमा धमिलो नभएर सेतै पानी दखिइरहेको हुन्छ ।
प्ाोखराको भूवनोट केही रहस्यले भरिएको हुनाले अर्थात भित्री बनानटमा चट्टानी भूभागहरुको वनावटले पोखरा उपत्यका एउटा रहस्यले भरिएको छ । यिनै रहस्यलाई थप वल पु याउने सेती नदीले सहायक भूमिका खेलेको छ ।सेती लगायत अन्य सहायक नदीहरु प्ाोखरा उपत्यकाको बीच भागबाट अत्यन्त सांधुरो चट्टानहरुको ककारोबाट वगिरहेका छन् जहां हर्ेदा ती खोलाहरुको कुनै अस्तित्व नै छैन । माथिबाट तल हर्ेर्ने हो भने चट्टानहरु छेेडेर निकै तलबाट बगेको हुनाले देख्न नसके पनि सुसाएको भने सुन्न सकिन्छ ।सेती नदी हेम्जाथिर देख्न सकिन्छ तर शहरबजारतिर प्रवेश गेरपछि भने चट्टानको ककारो भित्रबाट प्रवेश गर्छ र एकै पटक ढुङ्गेसाघुंको मेला लाग्ने ठांउबाट बाहिर निस्किएर ठूलो रुप लिएर बग्छ ।हामीलाइ पत्याउनै गाह्रो पर्छ कि त्यती सांधुरो ककारोलाई छाडेर वगेको नदी यती ठूलो रुप लिन सक्छ भनेर ।
हिमालबाट उत्पन्न भएर दक्षिणतिर वगेको यो नदी पोखराको मध्य भाग भएर वगेको छ । यस नदीलाई सरकारले सिंचाई गर्ने प्रयोजनका लागि बाहेक अन्य प्रयोजनको लागि उपयोग गर्न सकेको छैन ।अन्य ससाना नदीनालाहरु विभिन्न ठांउहरुबाट मिसिएका छन् ।उत्तरतिरबाट आएर ढुङ्गेसाघुबाट थोरै दक्षिण पुगेपछि पर्ूवतिर लाग्छ र त्यहीनिर पश्चिमतिरबाट आएको अर्को नदी यहां मिसिनुका साथै यस उपत्यका छाडेपछि थप अन्य नदीहरुसंग मिसिन्छ र नारायणी नदीमा मिसिएर बृहद स्वरुप लिएर अविरल बगिरहन्छ ।
पोखराको समथर भूभागको माटो ग्रेगर र बलौटे माटोले वनेको छ भने पहाडी भूभागको बनावट रातो माटो र नरम खाले चट्टानको समिश्रणले वनेको छ ।यो रातो माटो पनि बलौटे अन्तरगत नै पर्न जान्छ यसको सबैभन्दा ठूलो कमजोरी भनेको नै के हो भने यदि यस्ता ठांउहरुमा रुखहरु नभएको खण्डमा वषर्ात्को मौसममा पानी भित्र सोसेर लिन्छ र माटोभित्रको चट्टानलाई समेत ससाना टुक्राहरुमा चोइर्टाई दिन्छ । यी पहाडभित्रका चट्टानहरुले पहाडलाई खासै भर दिएका छैनन् ।अधिकांश ठांउहरुमा जहां रुख बिरुवाहरु लगाइएका छन् ,त्यहां रुख बिरुवा र झाडीहरुको आड पाएर पहाड स्थिर भएका छन् भने जहां कुनै बिरुवाहरु छैनन् र ससाना बिरुवाहरु मात्र छन् ,यसले माटोलाई भित्रैदेखि समात्न सक्दैनन् र आफनै भार थाम्न नसकेर भूक्षय र पहिरो भएर तल बग्ने गर्दछ । बषर्ातको समयमा पोखरा उपत्यकालाई ढाकेका डाडाहरुमा यस्ता थुप्रै पहिरोहरु गएको दृष्यहरु देख्न सकिन्छ ।यसबाट हामीले के अनुमान लगाउन सक्छौं भने प्रकृतिले पोखरालाई धेरै कुरा दिएर पनि यस कुरामा भने ठगेको छ । शायद प्रकृतिले सबै चीज एउटै ठांउलाई दिन नचाहेको होला ।
सेती नदी किनारतिरको माटोमा घांसहरु उम्रिएका देखिएपनि त्यहां कुनै किसिमको अन्नवाली लगाउन नसकिएकै कारणले होला, प्राय भूभागहरु घांसे मैदान मात्र देखिन्छन् ।त्यहांभन्दा दक्षिणपटि्टको गांउ भरतपोखरी छ , जुन दक्षिणपटि्टको घनाजंगलको तल पटि्ट वसेको भएपनि त्यती मलिलो देखिदैंन ।सेती नदी अनि त्यसको किनारमा पु याएको क्षतिलाई परपरसम्म हर्ेनको लागि लेखनाथ नगरपालिकाको गगनगौंडाको पावरहाउस भन्ने ठांउसम्म पुग्न र हर्ेन सकिन्छ ।
विजयपुर खोला
पोखरा उपत्यकालाई प्रकृतिले नै दुइ भागमा विभाजन गरेको छ जसलाई साथ दिएको छ विजयपुर खोलाले । विजयपुर खोलामा वनेको पुललाई छाडेर खोलाको तिरैतिर दक्षिण तर्फलाग्ने हो भने रहस्यले भरिएको भूवनोट देख्न सकिन्छ ।जहाँ विजयपुर खोलाको किनारमा भएको माटो अत्यन्तै संवेदनशील भएको कारणले आफनो किनारलाई भासेर लगेर गहिरो खोंच वनाएर बगेको छ ।यसरी खोंच वनाएको भाग निकै रहस्यमय देखिन्छ ।फोटो।
यही खोला थोरै तल गएपछि सेती नदीमा मिसिएर आफनो अस्तित्व विलिन गराउंदछ ।माथिको किनारबाट तलै गएर यस खोलालाई नियाल्ने हो भने यो ठांउ आफैमा एउटा राम्रो ठांउ लाग्छ ।यहां पिकनिक तथा पाल टांगेर रात विताउनको लागि उपयुक्त स्थान पनि हो ।विजयपुर खोलाले बनाएको यस रहस्यमय भूआकृति हर्ेनको लागि बुढी बजारबाट दक्षिणपटि्ट लाग्ने एउटा बाटोबाट आउन सकिन्छ ।
यस ठांउ एक भर्ूगर्भ अनि भूगोलका विद्यार्थीहरुका लागि पनि राम्रो प्रयोगशाला हो ।पोखराको भर्ूगर्भ अबको पचास वर्षा भासिने अनुमान भर्ूगर्भविद्हरुले गरेका छन् ।तर जमीन भासिदै गएपनि यदि संरक्षणका कार्य योजनाहरुलाई लगातार लगाउंदै जाने हो भने उक्त समस्यालाई समाधानतिर लैजान सकिन्छ ।
यी बाहेक पनि यहां अन्य ससाना खोलाहरु छन् जुन् वषर्ातको वेलामा मात्र बढी सकृय हुने गर्दछन् ।
र्
हर्पन
ताल तलैयाहरु
फेवा अनि हर्पन खोला
र्
हर्पन खोलाको पानीले योे निर्माण भएको यो ताल ४.४ वर्ग किलो मिटर रहेको छ भने गहिर्राई १९ मीटर रहेको छ जसमा वषर्ातको वेलामा विभिन्न ठांउहरुबाट निस्कने वर्षो भेलले मिसिन्छ ।
पोखरा शहरको पश्चिमपटिुट रहेको फेवा ताल र फेवा ताललाई ड्याम र्साईडदेखि पामेसम्म नियाल्नको लागि अत्यन्त उपयुक्त स्थान हो पामे ।नेपाल नदीहरुको लागि धनी भएपनि तालहरुको लागि भने त्यती धनी छैन ।तर पोखरालाई भने वास्तवमा नै प्रकृतिले कृपा गरेको छ कि यहाँ नदी नालाहरुका साथै ताल तलैयाहरुले पनि सुसज्जित वनाएका छन् ।त्यस माथि फेवा ताल त नेपालकै दोसो ठूलो ताल हो ।यस ताललाई विदेशका तालहरुसंग तुलना गयौं भने त अत्यन्तै सानो छ तर पनि ताललाई आंखाभरि समेटेर आनन्द लिनको लागि फेवा तालको उत्तरपटिट सराडकोटको डांडाको फेदबाट बनेको पिच बाटोमा केही पर पुगेर ताललाई नजिकबाट नियाल्दै प्रकृतिको अनुपम र्सजनालाई आंखाभरि समेट्न सकिन्छ । तालको वरपर सानादेखि ठूलासम्म रेष्टुराहरु खुलेका छन् जहां आफनो बजेट अनुसारका रेष्टुराहरुमा गएर तालको अवलोकन गर्दै विविध स्वदेशी तथा विदेशी परिकारहरुसंग रमाउन सकिन्छ ।
फेवा तालको दक्षिणी कुनामा अत्यन्त सानो टापुजस्तो उठेको थोरै जमीनमा एक मन्दिर रहेको छ जसलाई ताल बाराहीको रुपमा हामीहरु पुज्ने गर्दर्र्छौ जहा जान डुंगा चढेर मात्र संभव छ ।फेवा तालको किनारबाट डुंगा खियाउदै पन्ध्र मिनेटमा पुग्न सकिने यो मन्दिरमा डुुंगा चढ्नुको आनन्द लिंदै मन्दिरसम्म पुग्दा निकै आनन्दको महसूस गर्न सकिन्छ ।मन्दिरमा पुगेर ताल बाराहि माताको दर्शन गरेर उक्त टापुबाट वरिपरिबाट फेवा तालले ढाकेको दृष्य हर्ेदाको आनन्द छुट्टै छ ।यदि तपाई भाग्यमानी हुनुहुन्छ भने फेवा तालमा माछापुछ्रेको छाया परेको दृष्य पनि देख्न सक्नु हुन्छ ।यो दृष्य विशेषगरी विहान देखिन्छ --) ।
पातले छांगो
आफूलाई पदयात्रा मार्गमा एक दर्ुइदिन हिडेर रमाउन मन पर्छ भने यही बाटो भएर पन्चासेको डाडा उक्लन सकिन्छ ।जुन डांडा यहीबाट देख्न सकिन्छ र हिडेर तीन चार घण्टामा पग्न सकिन्छ ।पातले छांगो भएर फेवाको पानी बाहिर जान्छ ।
लेखनाथ नगरपालिका र सात तालहरुको शहर
र्
पर्यटकीय दृष्टिकोणले यो उपत्यका पूरै एक ढिका भएर बसेको भएपनि प्राय पर्यटकहरु प्ाोखरा आउंछन् र अलिअलि घुम्छन् र जान्छन् ।तर वास्तवमा पोखराकै अर्को भाग लेखनाथ नगरपालिका र वरपरका गांउहरु पनि सौर्न्दर्यले भरिएकी खानी हो । प्रदुषित फेवा तालको फोहोर हर्ेन बरु आउन सक्छन् तर सङ्गलो वेगनाशलाई हर्ेन कमै मात्र स्वदेशीहरु आउने गरेका छन् ।
Wednesday, March 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment