यो पुस्तक म ती सम्पर्ण पोखरेलीहरुमा र्समर्पण गर्न चाहन्छु जो सानो घर भएपनि ठूलो मनका छन् , प्रकृतिले दिएको सुन्दरतासंगै आफनो मनलाइ ढकमक्क वनाएर यस उपत्यकामा आउने आगन्तुकहरुलाई न्यानो स्वागत गर्न मन विछ्याउने गर्दछन् ।
ती बासिन्दाहरु जसलाई यहांको पर्यावरण ब्रिदा मन दुख्छ र आफनो तर्फबाट पनि सानै भएपनि भूमिका खेल्न सहयोग गर्न मन लाग्छ । खुला हृदयले प्रकृतिले दिएजस्तै खुला हदय वनाएर यहां आउने पर्यटकहरुको स्वागत गर्न सधै न्यानो हदय बिछ्याएर बस्नु हुन्छ ।
ती सम्पण व्यक्तिहरु जसले यो उपत्यकालाई माया गर्नुहुन्छ ।ती हातहरु जसले यहांको सौर्न्दर्यसंग प्रेरित भएर गीत कविता अनि अन्य साहित्य अनि कला अनि राम्रा राम्रा तस्विरहरु सिर्जना गर्न प्रेरित हुनुहुन्छ ।
ती सम्पूण सौर्न्दर्यप्रेमीहरु जो आफूलाई यस उपत्यकाको सौर्न्दर्यलाई आंखाभरि लिएर आफूभित्र समेटेर आफूलाई आनन्दित वनाउनु हुन्छ ।
ती योजनाकारहरु जसले यो शहरलाई पर्यावरणीय शहर वनाउन प्राकृतिक सौर्न्दर्यलाई अझ बल पुग्ने गरी योजना बनाउनु हुन्छ । ती आन्तरिक तथा वाहृय पर्यटकहरु जो यो उपत्यका घुमेर आनन्द लिनु हुन्छ ।
र अन्तमा ती वालवालिकाहरु जसको कांधमा भोलिका दिनहरुमा यहांको सौर्न्दर्यलाई बचाई राख्ने जन्मथलोमने साइनो जोडिएको छ ।
Wednesday, March 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment