लेखनाथ नगरपालिकाको अर्र्घो चोकबाट दर्ुइ किमी जति उत्तर लागेपछि पुग्न सकिने यी तालहरु एक ससाना तालहरु हुन जसलाई तलैया भन्न सकिन्छ । १३.५७ हेक्टर क्षेत्रफल ओगटेर पर्ूव पश्चिम भएर फैलिएको खास्टे अनि यसै तालको पश्चिममा एउटा सानो डांडा पछाडि यो भन्दा पनि ४.९८ हेक्टर क्षेत्रफलको गुदे -तलैयाको नाम ) रहेको छ । यस तालमा राखी डाडाको दक्षिणटि्ट फेदमा रहेको छ ।
खास्टे तालका वरपर वस्नेहरुका अनुसार यसको आकार पहिले ठूलो थियो र हाल निकै सानो भैसकेर पनि चारैतिरबाट सांघुरिदै आइरहेको छ ।चारैतिरबाट धान खेतले ढाकेको हुनाले खेत धनीहरुले आफनो खेतको सिमाना बढाउंदै जाने कारणले तालको आकार सानो हुंदै गइरहेको छ ।यस क्षेत्र पानीको लागि अत्यन्त सम्बृद्घ छ र राखी डांडाको जलाधारबाट आएको पानीले नै यस तालको निर्माण भएको छ ।बांकी भएको तालको सिमाना पनि अत्रि्रमण बाहेक दिनानुदिन पुरिदैं गइरहेको छ ।अहिले तालमा विभिन्न प्रकारका घांसहरु र सेतो कमलको फूलले ढाकिएको अवस्थामा छ ।तालमा एउटा सानो बांध वनाइएको छ जसबाट वषर्ात्मा बढी भएको पानी बगेर सानो खोला भएर दक्षिणपटि्ट बगेर जान्छ ।पानी भने वरिपरिबाट प्रदुषित नगरिएको हुनाले एकदमै कंचन छ । हाल यस तालमा माछा मार्ने गरि नगरपालिकाले ठेकेदारलाई दिएको छ । नगरपालिकाले यसरी ठेक्कामा दिंदा पैसा कमाउने ध्येयले मात्र नदिई यस तालको पर्यावरण र वरपरको क्षेत्रमा के कस्तो असर पर्छ भनेर विस्तृत वातावरणीय अध्ययन गरेर त्यहांको पर्यावरणलाई असर नपर्ने गरी माछा मार्न दिएको छ भने राम्रै हुन्छ नत्रभने त्यसको नकारात्मक असरहरु भोलिका दिनहरुमा देखिन थाल्ने छन् ।ग्ाडुवा खोला भएर खास्टे तालको पानी बाहिर जान्छ ।
न्यूरेनी
२ं .८३ क्षेत्रफल ओगटेको यस ताल सबैभन्दा सानो ताल हो जसले लगभग धापिलो जमीनको रुप लिइसकेको छ ।
मैदी ताल
बेगनाश ताल पुग्नु केही वर मोहरीया टोलबाट थोरै उत्तरतिर लागेपछि १.१७ हेक्टर क्षेत्रफलको मैदी ताल देख्न सकिन्छ ।तीन तिरबाट चिलाउने र कटसको जंगलले बरीपरीबाट ढाकेको छ भने पश्चिमपटि्टबाट भने धान खेत रहेको छ ।यो तालको सिमाना निकै ठूलो देखिएपनि तालबाट पानी वर्षौपिच्छे सोहोरिंदै गइरहेको छ र ताल अब धापमा परिवर्तन हंदै गरेको देख्न सकिन्छ ।उक्त तालको महत्वको बारेमा स्थानिय व्यक्तिहरुदेखि नगरपालिका र सरकारका निकायहरु समेतले वेवास्ता गरेको देखिन्छ ।यद्यपि लेखनाथको गौरवको रुपमा सात तालहरुको शहर भनेर भनिएको छ तर उक्त भनाई केही वर्षो लागि मात्र हने हो कि जस्तो लाग्छ । मैदी तालको आफनो सिमाना विस्तारै पुरिदै आइरहेको देख्न सकिन्छ ।
तालको आफनो सिमाना पुरिंंदै जानु र तालको सिमानासँग जोडिएका खेत धनीहरुले ताललाई नै मिचेर आफनो खेतको सिमाना बढाउंदै लाने गरेको देखिन्छ । त्यसबाहेक पनि तालको बीचबीचमा खेत वनेको देखिन्छ छ जहाँ धान बाली लगाइएको देख्न सकिन्छ । यसबाट के अर्थ लगाउन सकिन्छ भने स्थानिय कृषकहरुले त्ाालको वृहद रुपलाई मन पराएका छैनन् । कदम खोलाको पानी यसको मुहान हो भने देउराली खोला भएर यहांको पानी बाहिरिन्छ ।
वेगनास
सात तालहरुको शहर भनेर चिनिने यस नगरपालिकाको सातवटा तालहरु मध्ये वेगनाश ताल सबैभन्दा ठूलो र आकर्ष ताल हो । ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको यो वेगनाशपछिको दोस्रो अनि प्रदुषणरहित भएपनि प्रचार प्रसारमा आउन नसकेकोले नै होला, यो तालमा घुम्ने मानिसहरुको संख्या कम छ ।वेगनाश तालमा २०४५ सालमा सिंचाईको लागि बांध बाधेपछि तालको क्षेत्रफल र गहिर्राई बढेपछि रौनकता र महत्व बढेर गयो । स्याडखुदी खोलाबाट आएको मुहानबाट आएको पानी र वषर्ात्को पानीजम्मा भएर यो तालको निर्माण भएको छ ।
वेगनाश तालको सौर्न्दर्यलाई जताबाट नियाले पनि सुन्दर देखिन्छ ।तालको पश्चिमपटि्ट बाधेको बांधबाट यसलाई नियाल्दा यसको भव्यता र सुन्दरतालाई नियाल्न सकिन्छ ।यसको दक्षिणपटि्टको भागमा ससाना थुम्काहरुले घेरेको छ जसलाई कटुस र चिलाउनेको सम्बृद्घ जंगलले ढाकिएको छ भने पर्ूव र उत्तरको भागमा रहेको तालको किनारदेखि नै बस्ती र खेतीपाती देखिन्छ । कान्लाकान्ला परेको खेतमा देखिने धानवालीको हरियाली अनि वस्ती र ताललाई एकै पटक देख्दा निकै आनन्द दिने खालको छ । तालको सुन्दरतालाई अझ नजीकबाट नियाल्नको लागि तालचोकबाट सुन्दरीडांडामा गाडीबाट जान सकिन्छ जहां हिडेर पनि एक डेड घण्टामा पुग्न सकिन्छ जुन क्रममा वरपरको जंगल र बाटोबाट पश्चिमपटि्ट देखिने हरियो फांट निकै आकर्ष देखिन्छ ।सुन्दरी डांडाबाट देखिने वेगनास र रुपातालको दृष्यले मन नलोभ्ायाई रहन सक्दैन । जब वषर्ातको समय सकिएर दिनहरु खुल्न थाल्छन् तब उत्तरतिर देखिने चम्किला हिमालहरुका श्रृंखलाहरुको दृष्यले आफू यस ठांउमा आउन पाएकोमा निकै भाग्यामानी संझन पुगिन्छ । खुदी खोला भएर यहांको पानी बाहिरिन्छ ।
रुपा
बेगनास तालकै दक्षिणपटिृट पर्ूवपश्चिम फैलिएको डाडाहरुको बीचमा साधुरिएर रहेको ताल हो रुपा । ११५ हेक्टर क्षेत्रफल ओगटेको रुपाताललाई दोभान खोलाको पानीले सिंचित गरेको छ भने ताल खोला भएर यहांको पानी बाहिरिन्छ ।यो तालको दृष्यावलोकन गर्न पचभैयाको डाडाबाट सकिन्छ ।
दिपाङ
यो ताल कालिका डाडाको दक्षिणपटिट फेदमा रहेको यो तालले ८.९८ हेक्टर क्षेत्रफल ओगटेको छ ।लेखनाथ नगरपालिकाको दोस्रो र पोखरा उपत्यकाको तेस्रो ठूलो ताल हो ।यद्यपि यसको क्षेत्रफल काठमाडौंमा रहेको टौदहको भन्दा सानो रहेको छ ।यस तालले पनि दक्षिण र उत्तरपटिटबाट मानवीय अतिकं्रमणको सिकार भएर सांधरिदै गएको सहजै देख्न सकिन्छ ।वगुवा र अशुरानी खोला नामका ससाना खोलाहरु र्म्ार्फत यहां पानी भित्रिन्छ । देउराली खोला मार्फ यहांको पानी बाहिरिने गर्दछ ।
कसरी जाने -
यहां जान सिसुवा बजारबाट जाने दुइवटा बाटाहरु छन् ।एउटा बाटो डाडातर्फ उकालो भएर जान्छ भने अर्को धान खेतको फांट भएर जान्छ ।यी दुवैतिरबाट ताल आकर्ष देखिन्छ ।ताललाई माथिपटि्टबाट नियाल्न निकै रमाइलो हुन्छ जहां हरियो धान खेतको संगै ताललाई माथिबाट अjmलोकन गर्न सकिन्छ ।त्यस्तै तल फांटबाट जाने हो भने तालको डिल नजिकबाट नियालेर आनन्द लिन सकिन्छ ।यहां कुनै किसिमको होहल्ला र कोलाहल छैन ।त्यसैले शहर बजारको कोलाहल र होहल्लाबाट शान्त ठांउको खोजि गर्ने र प्रकृतिको बारेमा अध्ययन र अनुसन्धान गर्नको लागि यो ठांउ मंसिर लागेपछि फागुनसम्मको समय उपयुक्त हुन्छ ।यहां नजिक कुनै बस्ती र घरहरु नभएकोले पनि यो ठांउ शान्त छ ।
यस तालमा पनि खास्टे तालको झै कमलका फूलहरु छन् जन असारदेखि भदौ महिनासम्म फूल्ने गर्दछ ।जाडो याम लागेपछि पानीमा जिवनयापन गर्ने विविध प्रकारका चराहरु -जलचर ) ले आफना बथानमा यहांका विभिन्न तालहरुमा यताउता उडिरहेको र आहार खोजिरहेका मंसिर महिनादेखि फागुन महिनासम्म देख्न सकिन्छ ।यहां कुनै सिकार खेल्न नपाइने हुनाले चराहरुको संरक्षण भएपनि माछा मार्न दिइएको ठेक्काले भने तालको संरक्षणलाईभन्दा विनाशतिर डोहो याइरहेको जस्तो देखिन्छ ।त्यसैले यसरी दिदा संरक्षणलाई पहिलो प्राथमिता दिएर वातावरणमा कस्तो असर पर्नेछ भनेर विस्तृत अध्ययन गरेर मात्र उपयोग गर्न दिन उपयक्त हुनेछ ।
दिपाङ तालकै दक्षिणपटि्ट मैदी ताल रहेको छ र यो ताल पनि चारैतिरबाट धानखेतवालाहरुले चारैतिरबाट अत्रि्रमण गर्दै आएको देख्न सकिन्छ ।अहिले त्यसैले यो एक अत्यन्त सानो र साधरिएको अवस्थाको अस्तित्व लिएर बांचिरहेको छ ।
Wednesday, March 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment