-
ब्लग लेख्नु आफैमा सजिलो काम होइन ।सबैभन्दा पहिले त लेखन सम्बन्धी ज्ञान हुनु जरुरी छ ।त्यसपछि त्यस ठांउको बारेमा विस्तृत जानकारी बटुल्नु पर्छ जसको लागि विस्तृत अध्ययन र अनुसन्धान गर्न पर्छ ,जुन कामको लागि समय र पैसा खर्च हुने गर्दछ ।
पोखराको ठांउहरु सम्बन्धी यस अघि पनि धेरै लेखिएका छन् जसले पोखरामा घुम्नु पर्ने सम्पर्ूण्ा ठांउहरुको बारेमा जानकारी दिने गरेको छ ।तर उक्त कुराहरुलाई समेटेर अझ बढी ज्ञान लिन चाहेमा यो पुस्तकले त्योे अभावलाई पूरा गर्न सकोस् भनेर महसुस भयो जसबाट आन्तरिक पर्यटनलाई सजिलो हुनुका साथै विस्तृत जानकारी लिनको लागि सहयोगि पनि होस् । त्यस्तै यस उपत्यकामा बस्ने बासिन्दाहरु मध्ये अधिकाशलाई पनि यस उपत्यकाको बारेमा विस्तृत जानकारीको अभाव महसूस भयो । यी दुवै कुराको अभावलाई पूरा गर्न आफू कामको सिलसिलामा एक वर्षपोखरा बस्दा आफूले भ्याएसम्मका यहांका सम्पूण ठांउहरु घुमेर जानकारी लिने र अध्ययन गर्ने र त्यसलाई शब्दमा उतार्दै जानुका साथै र फोटोहरु लिने काम गरियो ।तर यो काम सोचेजति सजिलो भने भएन ।
यो ब्लग पोखरा अनि सेरोफेरोको यात्रा सहयोगी वन्न सकोस् भन्ने ध्येयले लेखिएको हो ।
Wednesday, March 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment