Wednesday, March 4, 2009

साहसिक पर्यटन र व्यवसायिक खेल

परिचय
पोखराको परिचय र पहिचान अब केवल प्राकृतिक सौर्न्दर्यकको रुपमा मात्र गासिएको छैन ।यहां विभिन्न प्रकारका खेदकूदहरुको गन्तव्यको रुपमा पनि आफनो स्थान वनाई सकेको छ । त्यो पनि नेपालीहरुको पहंुच भित्र ।
यहां संसारभर लोकप्रिय खेलहरु जस्तै गल्फ ,प्याराग्लाइडिड ,एभिया ,साइल्कीड ,क्रिकेट ....आदि खेलहरुको नियमित अभ्यास र आयोजना गर्ने व्यवस्था रहेको छ ।जहां नेपालीहरुले समेत आफलाई मन परेको खेलको अभ्यास अनि प्रतियोगिताहरुमा भाग लिन पाउंछन् ।

हिमालय गल्फ कोर्ष

अमरसिह चोकबाट ५ किमी दक्षिणमा विजयपुर खोलाको किनारमा २०५६ सालबाट हिमालय गल्फ कोष शुरु भएको यो कोर्षां गल्फ खेलमा रुचि राख्ने स्वदेशी तथा विदेशीहरु उक्त खेल सिक्न र खेल्न तल्लिन देखिन्छन् । । यहांको गल्फलाई संसारकै उत्कृष्ट गल्फ कोर्षभनेर दुइवटा पुस्तकहरुले यस कोर्षाई उल्लेख गरेका छन् जहां यस कोर्षाई यूरोप र अमेरिका ,अष्ट्ेलिया जस्ता देशहरुका कोर्षंग दांजिएको छ ।एक्स्िट्म गल्फ -भ्हतचझभ न्याि) नामक पुस्तकका लेखक डेकन लेनार्डले संसारकै तीस कठिन गल्फ कोर्ष-एक्सटि्म गल्फ कोर्ष हरु मध्ये एक यसलाई पनि उल्लेख गरेका छन् । त्यस्तै संरचनाको हिसाबले उत्कृष्ट भन्दै गल्फ डिजाइनकर्ताको हिसाबले मनपर्ने कोर्षभन्दै लेखक पाउल डेले -जो आफैं गल्फ कोर्षडिजाइनकर्ता हुन् ) ले आफनो ँबखयचष्तभ ज्यभिक दथ म्भकष्नलस् ब ब्चअजष्तभअतक ऋजयष्अभ नामको पुस्तकमा उल्लेख गरेका छन् ।यती भैकन पनि नौवटा होल भएको यो गल्फ कोर्ष-गल्फ खेल्ने ठांउ) नेपालकै सबैभन्दा सस्तो गल्फ कोर्षभनेर दाबी गरिएको छ ।

गल्फ गल्फ खेलको इतिहास आज भन्दा पांचसय वर्षपहिले स्कटल्यान्डबाट शुरुवात भएको मानिन्छ ।स्कटल्यान्डबाट जाडोे देश हो जहां भेडा पालन हुने गर्दछ र भेडा चराउन जांदा गोठालाहरुलाई एकोहोरो पट्यार लाग्दो क्षणहरुबाट केही मात्रामा राहत पाउन र रमाइलो गर्नको लागि आफनो साथमा भएको एकातिर गांठो भएको लट्ठीले ससाना ढुड्गा हानेर खेल्ने र एक अर्कावीच कसले कति टाढासम्म पु याउने र भूइमा वनाएको सानो खाडलमा छिराउने भन्ने प्रतिस्पर्धा गरेर खेल्ने गरिन्थ्यो रे । यो कुरा अंग्रेजहरुले मन पराए र खेल्न थाले । उनीहरुले खेल्दै जाने क्रममा परिमार्जन पनि गर्दै गए र त्यहाबाट यसले विकशीत रुप लिएर आजको अवस्थामा आइपुगेको भन्ने मानिन्छ । अंग्रेजहरु संसारभर फैलिने क्रममा यो खेलले पनि संसारभर पि+mजिने मौका पायो र हालसम्म आइपुग्दा यसले संसारका धनीहरुले खेल्ने र महंगो खेलहरु मध्ये पर्न गयो । नेपालमा राणाहरुको पालामा रोयल नेपाल गल्फ कोर्षो शुरुवात भएको मानिन्छ जहां राणाहरुका परिवार र नातेदारहरु मात्र खेल्ने गर्थे । हाल निश्चित शुल्क बुझाएर र्सबसाधारणहरुले पनि खेल्न पाउंछन् । नेपालमा हालसम्म पांचवटा गल्फ कोर्षरु रहेका छन् । काठमाडौंमा गोकर्ण्र्ाा एयरपोर्टमा ,पोखरामा हिमालय गल्फ र फूलवारी रिजोर्टभित्रको गल्फकोर्षअनि धरानमा एउटा गरेर पांचवटा गल्फ कोर्षरहेका छन् । गल्फ खेल विश्वमा धनाड्य र इज्जतदार अनि भलाद्मीहरुको खेलको रुपमा लिइन्छ ।यो खेलमा व्यायाम पनि उत्तिकै हुनुका साथै शारीरिक र मानसिक एकाग्रता पनि उत्तिकै हुन्छ जसको कारणले शरीरलाई चुस्त राख्नुका साथै दैनिक जीवनमा पनि जटिल कार्यशैली र यान्त्रिक जीवनशैलीबाट मुक्त हुन ठूलो मदत गर्दछ ।यो गल्फ कोर्षो कारणले पोखरा आउने पर्यटकहरुको वर्साई लम्वाउन सहयोगी भूमिका खेलेको छ । धेरैले यो महंगो खेल हो र खेल्न सकिदैन भनेर आफूलाई संकुचित वनाउने र खेल्नबाटै वन्चित हुने गरेका छन् तर यदि तपाई गल्फ खेल्न मन पराउनु हुन्छ र सिक्न चाहनु हुन्छ भने खेल्नै नसक्ने भन्ने चाहि होइन । यस गर्फकोर्षा व्यवस्थापक भुवन गुरुडका अनुसार यहां नेपालीहरुको लागि यो खेल सिक्न र खेल्नको लागि सस्तो र र्सवसुलभ व्यवस्था छ ।हुनत गल्फ खेल सिक्नको लागि एक वर्षलाग्दैन तर यहां छ हजार रुपैयामा नै वर्षम्म गल्फ खेल सिक्न पाइन्छ ।नेपाली दाजुभाईहरुलाई गल्फ खेलाएर नाफा कमाउनु भन्दा पनि नेपालीहरुको लागि पनि सस्तो र र्सवसुलभ होस् भन्ने हेतुले यसो गरिएको हो भन्ने कुराको जानकारी भुवन गुरुडले दिए । कुनै पनि खेल खेल्न सबैभन्दा पहिले त्यस खेलको बारेमा राम्रो जानकारी राख्नु र उचित तालिम लिएको हुनु परेजस्तै गल्फ खेलको पनि तालिम लिनुपर्ने हुन्छ ।पोखरामा गल्फ खेल्न सिक्न र्सब सुलभ शुल्कमा नै ड्याम साइड नजिक एयरपोर्टबाट पश्चिम राष्ट् बैक चोक लाग्ने बाटो नजिक रहेको छ जुन हिमालय गल्फ कोर्षै गल्फ सिकाउने स्थल हो ।यहां एक महिनाको चार हजारमा सम्पर्ूण्ा तौर तरिकाहरु सिकाइन्छन् । गल्फ खेल्दा प्रयोग गरिने लठ्ठीलाई क्लव भनिन्छ र सानो वललाई वल नै भनिन्छ । उक्त वललाई छिराउन सानो गोलाकार चौर वनाइएको हुन्छ जसलाई ग्रीन भनिन्छ ।यहां गल्फ वललाई छिराइने सानो प्वाल रहन्छ । ग्रीनमा सारिएका दुवो अत्यन्त छोटो गरि छांटिएको हुन्छ ताकि गल्फ वललाई छिराउन कुनै अवरोध नहोस् । यस्ता ग्रीनहरु नौवटा र अठारवटा रहने गर्दछन् ।यिनै ग्रीनमा रहने प्वाललाई नै जोडेर नौवटा छ भने नाइन होल गल्फ कोर्षभनिन्छ भने अठारवटा छ भने एइटिन होल गल्फ कोर्षभनिन्छ । गल्फ वललाई जमीनमा राखेर हान्न एउटा सानो वस्तु हुने गर्दछ जसलाई टी भनिन्छ ।टी मा राखेर वल हान्नुलाई सट भनिन्छ र खेलको शुरुवात गर्दा यसै टी मा वल राखेर पहिलो सट हानिन्छ ।वांकि सटहरु घांसमा राखेर हानिन्छ ।नौ होल मात्र भएको गल्फ कोर्षा यदि अठार होल गल्फ खेल्नु प यो भने दोहो याएर खेलेर अठार होल पु याइन्छ । गल्फ खेल्दा हामीले सामान्यतया हर्ेदा लठ्ठीले एउटा निश्चित ठांउबाट -क्लव)वललाई झटारो हानेर खेलिने खेल भन्ने बुझदछौं । जुनसुकै खेलको पनि नियम भएजस्तै यसको पनि नियमहरु हुन्छन् अनि खेल्ने तरीकाहरु हृुन्छन् । । वल हिर्काउने क्रममा क्लवलाई समात्ने पनि एउटा निश्चित तरीकाले समात्नु पर्ने हुन्छ । सामान्यतया वललाई हान्ने क्रममा यदि वललाई देव्रेतिर हान्ने हो भने क्लव समातेको हात सहित शरीरलाई दाहिनेतिर मर्काउदै वललाई क्लवले झट्का दिनेगरि हिर्काएर पर पु याइन्छ ।यसरी हिर्काउने क्रमलाई स्वीड भनिन्छ ।स्वीड गर्ने क्रममा खुट्टालाई एक फिटको दूरीमा राखेर घुंडा खुम्चाउनु पर्छ। यो वेलामा वललाई पु याउनु पर्ने ठाउतिर आफनो आंखा अनि ध्यान पर्ूण्ा रुपमा केन्द्रित गर्नु पर्छ ।त्यसका साथै शरीरलाई पनि साठी ड्रि्री कोणमा स्थिर राख्नु पर्छ। पर पु याउने क्रममा आफूलेे हिर्काउने ठांउ र पु याउनु पर्ने ठांउको अन्दाज गरेर टाढा भए जोडले र नजिक भए विस्तारै हिर्काउनु पर्ने हुन्छ । हामीले वललाई कति टाढा पु याउने भन्ने तरीका स्वीडमा निर्भर गर्दछ अर्थात स्वीड पनि फुल स्वीड , हाफ स्वीड , क्वाटर स्विड हुने गदर्छन् ।फुल स्वीडमा वललाई हिर्काउदा र्सवाधिक टाढा जाने गर्दछ ।हाफ स्वीड र फुल स्वीड भनेको आफूले वललाई हिर्काउंदा क्लवले वनाउने वृत्त र अर्थ वृत्त अनि क्वाटर स्वीड भनेको अर्ध वृत्ताकारको पनि आधा आर्क वनाउने गर्दछ । गल्फ खेलिने क्लवहरु एक अंकदेखि १४ अंकसम्म हुने गर्दछन् जुन क्लवले जमीनसंग वनाउने कोणमा निर्भर गर्दछ । जसलाई आवश्यकता अनुसार प्रयोग गरिन्छ ।

डुंगा

प्याराग्लाइडिङ

पोखराको केही वर्षेखि वनेको अर्को पहिचान भनेको प्याराग्लाइडिड हो ।संसारमा प्याराग्लाइडिडका उत्कृष्ठ खेलाडीहरुले यहां सराडकोटको डाडाबाट प्याराग्लाइडिड गर्दै फेवा तालको किनारमा झर्ने क्रममा गरिने रोमान्चक अनि प्राकृतिक दृष्यहरुको अनभवलाई जीवनकै उत्कृष्ठ क्षणहरुसंग दाजेका छन् । यहांबाट गर्न सकिने अर्को रोमान्चक अनभव भनेको एभिया क्लव हो ...................
त्यस्तै यहांका सबैजसो डाडाकंाडाहरुमा मोटरबाटो पगेको हनाले माउन्टेन वाइकिड गर्दै ती डांडाकाडा चहार्न सक्न हन्छ ।उक्लदां गरेको मिहेनत माथि पगेर अनभव गरिने संसार प्रसिद्ध हिमालहरु चढेर गरिने अनभव र ओर्लर्दाको सहजताले उक्लदाको गा होलाई सजिलै विर्साईदिन्छ ।

प्यारा ग्लाइडिङ सेवा उपलब्ध गराउने संस्थाहरु

प|mन्टियर फोन
सनराइज फोन
ब्लु स्काई फोन

एभिया क्लव

अल्ट्ा लाइट एयर क्राफट अर्थात अत्यन्त हलुका जहाजदारा मान्छेले परिकल्पना गरेको चरा झै उड्नको लागि विकास गरिएका इन्जिनहरु मध्ये जेट विमान सबैभन्दा ठूलो हो भने अल्ट्ा लाइट एयर क्राफट सबैभन्दा सानो ।
पोखराका भूवनोट ,ताल तलैया ,नदी हिमाल र वरपरका भूवनोट र शहरी क्षेत्रहरुलाई चराको आंखाबाट नियाल्न यो जहाज अत्यन्त उपयुक्त छ ।१५ मीनेट ,३० मीनेट र एक घण्टा गरि विभिन्न समयको सेवा लिन सकिन्छ ।१५ मीनटको रुपैया ५००० तिर्नुपर्दा निकै महंगो लाग्ने यो जहाजको यात्रामा विदेशीहरुबाट लिएको शुल्कबाट स्वदेशीहरुलाई सहुलियत दरमा यात्रा सेवा दिन सकेमा धेरै नेपालीहरु पनि यो सेवा लिन सक्ने थिए ।यस तर्फएभिया क्लवको व्यवस्थापन पक्ष सकारात्मक हुनेछ भन्ने अपेक्षा गरेको छु ।

माउन्टेन वाइकिङ

प्रकृतिका दृश्यहरु, भूदृश्यहरु जस्तै ठाउ“को भू बनोट, रुख, बिरुवा, फुल, कृषि प्रणाली, चराचुरुङ्गी, किरा फट्याङ्गा, पुतली आदि याद गर्न हामीबाट नजिक कति राम्रा राम्रा ठाउ“हरु छन् ।
र्साईकल एक वातावरण मैत्री सवारी साधन-पेट्रोलको भाउ बढ्दो, आधिकांश ठा“उहरु पहुचबाट टाढा ।
मनोरञ्जनका विभिन्न साधनहरु जस्तै एक.
भ्खभचथयलभ जबक ब ष्तितभि दष्त बमखभलतगचभ ष्ल तजझ।
प्रकृतिमा हरेक स-साना जीव जन्तु, किरा आदि देखि ठुलो सम्मको आ-आङ्खनो भूमिका हुन्छ र आ-आङ्खनो स्थान हुन्छ । उनीहरुले आङ्खनै देगले निर्वाह गरिरहेका भूमिका र स्थानलाई हामीले खल्वलाईरहेका छौं । त्यो कसरी देखाउने ।
विदेशीहरु उनीहरुको देशमा भएका सम्पर्ुण्ा मनोरञ्जनको सुविधा रोकन पनि किन यहा“ आउ“छन् भने यान्त्रिक जीवन शैलीबाट थकित भएर प्रकृतिको शरणमा आउ“छन् ।
र्साईकल यात्राबाट एक ठाउ“बाट अर्को ठाउ“मा जा“दा कुनै भैलो भुवनोट तथा नया“ र ताजापनको अनुमति हुन्छ, आ“खालाई आनन्द कानलाई पनि दैनिक र्घाईं र्घर्ुइं सुनिरहेको तर अनि शान्त ठाउ“मा जा“दा पाईने शान्तिको अनुभुति-ताजा हावा लिन पाइने, अन्य ठाउ“का मानिसहरुको जीवन शैली र सामाजिक व्यवहारको बारेमा थाहापाईने । अहिले भईरहेको संचारको विकास जतिनै भए पनि हामीहरु त्यसको उपयोग हाम्रो सिमित घेरा भित्र जो स“ग हामी परिचित छैन उनीहरु स“ग मात्र गरिरहेका छौं । तर हामीले आफुलाई सामाजिक बनाउन अन्य ठाउ“का मानिसहरु स“ग पनि नियमित सर्म्पर्क बढाउन सकिन्छ र त्यो र्साईकल यात्राबाट बदी सम्वन्ध छ ।

पोखराका प्राय सबै पहाडहरुमा मोटरबाटो पुगेका छन् र कतिपय पिच गरिएका छन् र भिरालो पनि ठिक्कको भएकोले माउन्टेन बाइकिडको मजा लिन सकिन्छ ।ठांउ पनि घुमिने र माउन्टेन वाइकिड गरेर रोमान्चकताको पनि आनन्द लिन सकिने हुंदा यसको दोहोरो फाइदा लिन सकिन्छ ।

माउन्टेन वाइक हल्लन चोकमा भाडामा पाउन सकिन्छ । माउन्टेन वाइक भाडामा पाइने ठांउहरु


माउन्टेन वाइकिड गर्दै घुम्न जान सकिने ठांउहरु

हल्लन चोकबाट........... सराडकोट ......नौडाडा.......धम्पुस
हल्लनचोक...........ड्याम साइड......चाइनीज गुम्बा
हल्लनचोक.........स्याड्जागेट...........मट्टीखान...........निर्मल पोखरी............भरत पोखरी .................कोत्रे ..........विजयपुर ........हल्लनचोक
हाल मुस्ताडको जोमसोमसम्म मोटर बाटो खुलेपछि माउन्टेन वाइकिड गर्दै पोखराबाट जोमसोमसम्म पनि जान सकिन्छ ।विश्वमा माउन्टेन वाइकिठड गर्दै हिड्ने भएकोले अनि नेपालमा पनि डाडाकाडाहरु यसको लागि उपयुक्त भएकोले मा वा गर्दै रोमान्चक यात्राको आनन्द लिन पछि हट्नु हुंदैन ।अझ त्यसमाथि पोखराका डांडाकाडाहरु व्यवसायिक माउन्टेन वाइकिड गर्नेहरु अनि सिकारुहरु समेतका लागि उपयुक्त स्ymको रुपमा रहेको छ कि तपाई यो आनन्द लिनबाट चुक्न चाहनु हुन्छ र -

No comments:

Post a Comment