Wednesday, March 4, 2009

डांडा कांडा

पोखरा एक उपत्यका वनाउन यहांका डाडाकांडाहरुकै कारणले वनेका हुन् ।

राखि -कन्दनी र कालिका डाडा

पोखराको सौर्न्दर्यलाई आंखाभरि समेटेर आनन्द लिनको लागि अर्को उपयुक्त स्थान हो लेखनाथ नगरपालिकाकै उत्तरपटि्टको डांडामा अवस्थित कालिका डांडा । यहा जानको लागि दुइवटा बाटाहरु छन् ।एउटा विजयपुरको सैनिक ब्यारेकको छेउबाट माथि उक्लिएर राखी डांडा हुदै र अर्को अ चोकदेखि कालीगण्डकी जलविद्युत परियोजनाको सवस्टेशन हुँदै कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मस्थान भएर जाने ।यी दुवै बाटाहरुमा मोटरबाटो जान्छ र जाँदाखेर एकतिरबाट गएर अर्कोपटि्टबाट फर्किने गरि जान सकिन्छ जसबाट पोखरा उपत्ष्यकाको सौर्न्दर्यलाई भरपूर नियाल्न सकिन्छ ।
राखिको डाडाबाट देखिने पोखरा उपत्यकाको हरियाली तथा भूवनोटको सौर्न्दर्यलाई नियाल्दै कालिकाको डांडा पुग्दा सबैलाई मोहित वनाउँछ ।कालिकाको डांडा एउटा ऐतिहासिक ठांउ हो जहां प्रचीनकालमा बाइसे चौबिसे राज्य अर्न्तरगत राज्य संचालन हुने गर्दथ्यो ।त्यसैले पनि कालिकाको डांडाको ऐतिहासिक महत्व पनि रहेको छ ।यहां जानको लागि र्सार्वजनिक मोटर पनि जाने गर्दछ भने आफनै मोटरसाइकल वा र्साईकलबाट पनि जान सकिन्छ ।

पहिलेको बाइसे चौबिसे राज्य अन्तरगतको अबशेषहरु रहेको यो डांडाबाट वरपरको सौर्न्दर्य ,लेखनाथ नगरपालिकाका प्राय सबै भूभागहरुलाई यहांबाट टाउको यसो घुमाएको भरमा हेन सकिन्छ ।यहांबाट हेदा सबैभन्दा आनन्ददायक क्षण चाहिं त्यतिबेला हुन्छ जतिबेला यहांबाट बेगनाश तालको अधिंकाश भूभागलाई माथिबाट दक्षिणटि्ट नियाल्न सकिन्छ ।दक्षिणपटि्ट र उत्तरपटि्टको अधिकांश भूभाग वरिपरिबाट जंगलले ढाकिएको र पूव र उत्तरपटि्टको भूभागमा छरिएर रहेको पातलो बस्ती र खेतीपातीले तालको ढिलैबाट शुरु भएको छ ।उक्त दृष्य एकै पटक देख्दा कौतुहल मिश्रति अंग्रेजी शब्द wow एकै पटक मुखबाट निस्किहाल्छ । त्यस बाहेक दक्षिणटि्टको समथर भूभागमा देखिने अधिकांश हरियालीको प्रभुत्व जमाएको ठांउको बीचबीचमा देखिने पातला बस्तीहरु अनि पश्चिममा देखिने पोखराको शहरी क्षेत्रलाई नियाल्न सकिन्छ ।यही कालिकाकोट नै सातैवटा ताल देखिने डांडाको रुपमा पनि लोकप्रिय छ ।कालिकाकै कोटको पूवपटि्टबाट नियाल्दा वेगनास तालको सौर्न्दर्यलाई थप नियाल्न सकिन्छ ।यसरी माथिबाट सौर्न्दर्यमा मुग्ध हुंदा एक दुइघण्टा समय गएको याद नै हुंदैन ।

कालिकाकोटको अर्को विशेषता भनेको यहांबाट उत्तरतिर दिन सफा भएको दिनमा उत्तरतिरका सबै हिमालहरुलाई एकदमै नजिकबाट नियाल्न सकिन्छ ।यस बाहेक यहांबाट उत्तरपटि्ट सुदूर भित्तामा देखिने कास्की जिल्लाकै गाँउहरु सिक्लेसलाई नियाल्न सकिन्छ ।त्यतैतिरबाट आएको मादी नदी पनि देख्न सकिन्छ जुन मग्लिन भन्दा केही तल पुगेर मिसिएको देखिन्छ ।सात ताल एकै डाडाबाट देखिने डांडाको रुपमा पनि यो ठांउ प्रसि छ ।यो डाडाको विभिन्न ठांउहरुबाट नियाल्ने क्रममा सातैवटा ताललाई विभिन्न भूभागबाट नियाल्न सकिन्छ ।जसमा वेगनास ताल सबैभन्दा ठूलो र नजिक देखिन्छ ।यस बाहेक पर्ूवतिरको सुदूरसम्म एकपछि अर्को पहाडका तरेलीहरु देख्न सकिन्छ ।

जब कालिकाकोटबाट तल र्झन थालिन्छ ,तब लेखनाथ पौड्यालको जन्मिएको पुरानो घरको अबशेषलाई नियालेर पनि र्झन सकिन्छ ।तल झर्ने क्रममा फेरि सानो कोटबाट वेगनासलाई नियाल्दा एउटा भिन्नै खालको देखिन्छ ।
सौर्न्दर्यप्रेमी,प्रकृत्रि्रेमी र शान्तीप्रेमी मानिसको लागि पोखरा एउटा प्राकृतिक तिर्थस्थल नै हो र यसको लागि हतारमा आएर हतारमा घुमेर त्यो आनन्द प्राप्त गर्न सकिदैंन ।पोखरालाई नियालेर सौर्न्दर्यको सागरमा डुबुल्की लगाउने हो भने अनि आफनो काम र आफनो परिबेशबाट थाकेर बाँच्नको लागि थप उर्जा लिएर नयां उत्साह भर्नको लागि हतारमा आएर हतारमा नियालेर अवश्य पनि पाइदैन ।
फर्किने क्रममा मैदी र दिपाङ ताल यसै डांडाबाट देख्न सकिन्छ । तल ओर्लने क्रममा दिपाङ ताल भएर पनि फर्किन सकिन्छ भने अर्र्घौ चोक निस्कने गरी पनि र्झन सकिन्छ ।


काहु डाडा

पोखरा शहरको उत्तरपटि्ट अवस्थित लगभग १८०० मीटरको उचाईको डाडा हो काहु डाडा । यहां पुग्नको लागि बाटाहरु छन् अनि दुइवटा विकल्पहरु छन् ।तपाईसंग समय छ र तपाई हिड्न मन पराउनु हुन्छ भने हिडेर पनि जान सक्नु हुन्छ । हिडेर वा गाडीबाट जान तपाई महेन्द्रपुलको पूववाट एउटा बाटो मनिपाल अस्पतालतिर जान्छ र अस्पताल पुग्नु केही वरवाट डाडातिर उक्लने मोटरबाटो अनि हिडेर जाने बाटो छ ।मोटर बाटो कच्ची र ग्रेगरले युक्त छ ,त्यसैले मोटर वा मोटर साइकलमा जांदा केही निकै कठिनाई वेहोर्नु भने पर्छ ,यद्यपि जानै नसकिने भने होइन ।तर मोटर साइकलमा डबल लोड भने जान निकै कठिन हुनेछ । तलदेखि माथिसम्मको दूरी लगभग ३ किमी जति छ ।

माथि पुगेपछि एउटा धरहरा रहेको छ जहांबाट तपाईले उत्तरका हिमालहरु अनि पश्चिमका भूवनोटहरु जहां सराडकोटको डाडादेखि धम्पुस का केही भागहरु देखिन्छन् भने दक्षिणतिर अत्याधिक जनघनत्व बढेको पोखरा शहरको भव्य दृष्य देखिन्छ ।

तर यहांसम्म हिडेर आउनुको मजा बेग्लै छ किनकी यहां अत्यन्त शान्त र सुरम्य वातावरण पाउन सकिन्छ जहां आइपुग्दा उक्लदाको थकान र गर्मी एकैछिनमा कता विलाइसकेको हुन्छ ।आधा दिनको पदयात्रामा तपाई यहां आउन सक्नु हुन्छ ।

No comments:

Post a Comment