शब्द शिल्पी को हो ?
लेख्न थालेको बितेका बार्ह वर्ष भन्दा बढी भएछ।आफ्ना लेखहरु लेखेर थन्काउन बाहेक सार्वजनिक गरेको थिइन। लेख्नु रुचिको बिषय भएकोले लेख्दै गए अनि थन्काउदै पनि। लेखहरुलाई परिमार्जन गर्दै लगें ,अनि छरपस्ट भएर आएका बिचारहरुलाई संगाल्दै।
देश अनि बिदेशका समाजमा चलेका समसामयिक राजनीतिक, आर्थिक, सामाजिक देखी मानविय पछ्यसँग जोडीएका प्राय हरेक बिषयहरुमा मेरो कलम चल्ने छन्। मलाई लाग्छ यहाँहरुलाई मन पर्ने छ।
तस्बिर खिच्नु मेरो अर्को रुचिको हो।लेख्नु र तस्बिर खिच्नु एकअर्कामा राम्रैसंग समाहित हुने रहेछन्।
आफुले लेखेका कुराहरु आफैसंग मात्र राख्ने हो भने लेख्नु केका लागि ? एकदिन यो संसारबाट बिदा हुनु छ।महाकविको भनाइ मान्ने हो भने 'उद्धेश्य के लिनु, उडि छुनु चन्द्र एक ।' संसारको कुना कुनामा नेपालीहरु फिजीइरहेको परिबेशमा जहाँ जहाँ नेपालीहरु हुनुहुन्छ , त्त्यहाँसम्म पुग्ने चाहना राख्नु असम्भब पनि त होईन ।
जसरि कलाकारलाई दर्शकहरुको जरुरी हुन्छ ,लेखकलाई पढिदिने मान्छेहरुको ।लेखेका कुराहरु समालोचना गरिदिने पाठकहरुको सधै जरुरी हुन्छ जसबाट मन परे नपरेको थाहा हुन्छ। पाठकहरुसंग मेरो एउटै आशा छ , लेख सल्लाह सुझाब प्रतिकृया अलोचना अनि मन परे नपरेको संकेत दिन अनि फिजाउन सहयोग गर्नु हुने छ आखिर मान्छे कहिले पूर्ण हुन्छ ? सिक्ने कुराको अन्त कहाँ छ र ?
No comments:
Post a Comment