वेगनास तालको दक्षिण पर्ूर्वी कुनामा तालको डिलैमा एउटा सुविधा सम्पन्न २८ कोठा र ५६ बेडको मध्यम उच्च र विशिष्ट पाहुनाहरुलाई सेवा दिन सक्नेगरी वेगनास भ्यू रिजोर्ट स्थापना भएको छ जहां पारिवारिक वातावरणमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई स्तरिय सेवा दिने गरिन्छ । प्राकृतिक रुपमा नै अन्य ठांउमा खुलेका रिजोर्टहरु भन्दा फरक छ यो विल्कुलै भिन्न छ ।यो रिजोर्ट रहेको स्थान प्राकृतिक रुपमा नै वरदान पाएको जस्तो लाग्ने ठांउमा रहेको छ जहां आउने पाहुनाहरु आफूलाई भाग्यमानी सम्झने गर्दछन् । यस रिजोर्टको थप विशेषताको रुपमा पाहुना सत्कार सम्बन्धी तालिम दिलाएर रोजगारी उपलब्ध गराउनु र रिजोर्टकै जमीनमा विविध फलफूलहरु सुन्तला,केरा , एभोकार्र्डो,कफी आदिका साथै मौसम अनुसारको तरकारीहरुका साथै त्यहीका किसानहरुद्वारा नै उत्पादित स्थानिय रुपमा उपलब्ध अधिकांश चीजबीजहरु ज्ास्तै धान, गहुं मकैको साथै तरकारी र फलफूलहरुले नै पाहुनाको स्वागत गरिन्छ ।जसको कारणले पाहुनाहरुद्वारा उठेको शुल्कको अधिकांश हिस्सा गांउमा नै रहन्छ ।यसले गर्दा स्थानिय रुपमा उपलब्घ साधन र स्रोतहरुको पनि उपयोग हुुनुका साथै स्थानियबासीर्,पर्यटक र रिजोर्ट तिनैजना बीच सौहादर््र सम्बन्ध कायम हुन गएको छ ।
यहां पाहुना चराचुरुङ्गी आउने मौसम जस्तै कार्तिक मंसिरमा रिजोर्टकै प्राङ्गणमा बसेरै थुप्रै चराचुरुङ्गीको अवलोकन गर्न सकिन्छ । जंगलको बीचमा रहको यस रिजोर्टको बार्दलीबाटै बेगनास रिजोर्टको सौर्न्दर्यलाई मनभित्र अमिट छाप रहनेगरी समेट्न सकिन्छ ।एउटा पर्यावरणीय पर्यटनमा रुचि राख्ने जोकोही पनि पर्यावरणको चक्रसँगै आफूलाई समाहित गरेर यहांको आतिथ्य सत्कारको आनन्द लिन पांउदा अदितिय आनन्दको अनुभव गर्न सकिन्छ ।यस बाहेक पदयात्रामा रुचि लिने पाहुनाको लागि यहाँबाट हलुका र एक डेड घण्टाको छोटो दूरीमा जान सकिने ठांउहरु पनि छन् जसबाट यहांको ग्रामिण जीवनशैलीसँग आफूलाई घुलमिल गराउन सकिन्छ ।जस्तै कि यहांबाट दुइघण्टा दक्षिण हिडेर पुग्न सकिने सिमलडाडा ,............तालवेशी,..............रुपाकोट जस्ता ठांउहरु घुमेर आफूलाई शहरबजारको कोलाहल र यान्त्रिक जीवनशैलीबाट आफूलाई मुक्त गराएर नयां जोश ,उत्साह सहितको उत्प्रेरणा लिन सकिन्छ ।
लजहरु
रेष्टुराहरु
क्रम संख्या रेष्टुराको नाम स्थान र फोन विशेषताहरु फोटो फोटो फोटो
१ फोटो फोटो फोटो
२
३
४
५
स्पा ,साउना र ज्याकुजी
साउना र ज्याकुजी केही वर्षमात्र अघि नेपालमा भित्रिएको एक किसिमको शरीरलाई आराम गराउने जसबाट पानीमा सम्पर्ूण्ा शरीर डुबाएर वस्ने र मेशीनदारा पानीमा हावाको फोहोरा छाडिन्छ र त्यसले पैदा गरेको भुक्लुक भुक्लुक भुल्कादारा शरीरमा नियमित सर्म्पर्कदारा मालिस गराउने प्रकृया हो ।
आधा घण्टादेखि एक घण्टासम्म यसरी विषेश पोखरीमा वसिरहदा तपाईको सम्पर्ूण्ा शरीरको पर्ूण्ा रुपमा मालिस भइसक्छ ।
भुक्लुक भुक्लुक पानीले शरीरको अंग प्रत्यड छुंदा हुने मालिस गरिने प्रकृया नै ज्याकुजी हो ।
तपाई जब टेकिड गएर आउनु हुन्छ र शरीरको मालिस गराउन चाहनु हुन्छ ,तब तपाई फुलवारी रिजोर्ट एण्ड स्पमा सर्म्पर्क गरेर यस सेवाको आनन्द लिन सक्नुु हुन्छ ।त्यो पनि सहुलियत दरमा ।तपाईलाई आधा घण्टासम्म यसरी वस्नु हुंदाको मुल्य रु ६५०मा पाउनु हुन्छ ।
पानीमा विभिन्न फुलहरु पनि राखिन्छ साथै पानीमा जडिबूटीको विभिन्न सुगन्धित तेलहरु पनि राखिन्छ ताकि तपाईको थकान भित्रैदेखि दूर गराउन सहयोग पु याउनेछ ।
Wednesday, March 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment